nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तीनवर्षे जात्राको अवसरमा थाहानगरमा साँस्कृतिक मेला

थाहा कला केन्द्रको आयोजनामा वृहत्त साँस्कृतिक मेला संचालन हुने भएको छ । मकवानपुरको थाहा नगरपालिका–३ मा लाग्ने तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा जेसीज सभाहलमा मेला गर्न लागेको कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए । 

अमिर बम्जन परिचय अभियानको यस्तो कार्यक्रमको आयोजन ागर्न लागिएको अध्यक्ष मोक्तानले बताए । सो अवसरमा गायक तथा चित्रकार अमिर बम्जनलाई बुद्ध लामा भेट गराउने उद्देश्य रहेको छ । मेलामा  बुद्ध लामा, छमछमि सिजन ४ कि बिजेता सन्ध्या आचार्य, गायक प्रकाश तामाङ, मुक्तिनाथ उप्रेती, एम जि तामाङ, रजनी लामा, हेटौडा आइडल दिपक कालिराज, गायक समतेन मुक्तान लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । 
मेलाको अवसरमा थाहा कला केन्द्रले मारुनी नृत्य प्रस्तुत गर्ने जनाएको छ । मेलामा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहनेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)