Monday, 10th February, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ गीत शुक्रवार सार्वजनिक गरिने

Capture-1560340583.jpg

विभिन्न विधामा गीत गाएर गायन क्षेत्रमा आफ्नो छुट्टै छवि बनाउन सफल गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ भन्ने  वोलको गीत शुक्रवार सार्वजनिक गर्ने भएको छ ।

उक्त गीतको भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको र म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गर्न लागेको गायक तामाङले जानकारी दिनुभएको हो ।

गायक तामाङका अनुसार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिने छ । गीतमा अशोकको नै शव्द संगित रहेको छ । जसलाई जस्मिनले साथ दिनुभएको छ ।

गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गर्नुभएको छ भने मोडल अनिता गोलेले साथ दिनुभएको छ । भिडियोलाई अभि लामाले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो ।

नारीकोसिस डटकमबाट साभार



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०