nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तस्रो थाहा महोत्सवमा आज प्रमोद खरेल, रुपा घर्तिमगर र बलराम सरकार
अवलोकनकताहरुको ओइरो लाग्दै

pramod-kharel-image-948fa-1541223868.jpg


१० कार्तिकदेखि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा सञ्चालन भइरहेको तस्रो थाहा महोत्सवमा अवलोकनकर्ताहरुको ओइरो लाग्ने क्रम बढेको छ । अघिल्ला दिनहरुको तुलनामा शुक्रबार अवलोकनकर्ताहरुको विशेष घुईंचो रहेको थियो । शुक्रबार महोत्सवमा १३ हजार अवलोकनकर्ताहरु आएको आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।
आज शनिबार अघिल्लो दिनको तुलनामा अझ बढी दर्शकहरु सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । पहिलेको महोत्सवको अनुभवमा पनि शनिबार दर्शकहरुको विशेष घुईचो लाग्ने गरेको थाहा नगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधानले बताए । 
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विशेष मनोरन्जन प्रदान गर्नुका साथै बाल मेला, उँटको नाच, पर्यटकीय जोन, कृषि मेला लगायत आकर्षणहरु छन् । त्यस्तै, होटल, सवारीसाधन विक्री, जाडो मौसमका कपडाहरु, जुत्ता, भाँडावर्तन लगायत सामानहरुको २ सय स्टलहरु रहेका छन् । 
महोत्सवकै क्रममा आज शनिबार बहुचर्चित गायक प्रमोद खरेल, लोकदोहोरी गायिका रुपा घर्तिमगर र जादुगर बलराम सरकार आउने भएका छन् । खरेलका म विना कसै कसैलाई मुश्किल छ पोखरामा.... ओए झुमा, ओए झुमा, ओए झुम्कावाली...लाइदेउ न मायाले....उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला...लगायत गीतहरु चर्चित छन् । त्यस्तै, उद्घोषण क्षेत्रबाट गायिकाको रुपमा स्थापित भएकी रुपाका ताली बजाउ नाच्नलाई कष्ट हुनेले......नक्कली ठिटाको मोहनी बोलीमा....ताल ढोलकीको......लगायत गीतहरु चर्चित छन् ।  देश विदेशमा जादु देखाउँदै आएका जादुगर बलराम सरकार जादुका गुरु पनि हुन् ।