nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

डबल मिनिङ लाग्ने शब्द बोल्दैः ज्योतिले ज्याकेट खोलेपछि... 

Jyoti-in-manahari-1486364537.jpg

दिउँसोको घाममा ज्याकेट लाएर स्टेजमा देखा परेकी गायिका तथा मोडल ज्योति मगरको जीउमा ज्याकेट धेरै बेर टिक्न सकेन । स्टेजमै ज्याकेट खोलेपछि चाहिँ दर्शकदीर्घातिर झन् माहोल तात्तियो । 

चर्चित गायिका तथा मोडल मगरलाई तेस्रो मनहरी महोत्सवको क्रममा आइतबार स्टेजमा प्रस्तुत गरिएको थियो । उचाइ अनुसारको मोटाइ मिलेको जीउ, त्यसैमाथि अर्धनग्न झै ड्रेस अपका कारण पनि उनी दर्शकको आकर्षणको केन्द्र बनेकी थिइन् । त्यसमाथि उनले बोल्ने हरेक शब्दहरु द्विअर्थी थिए । अधिकाँश शब्दहरु टिनएजर्स केन्द्रित थिए, जुन प्रेम र यौवनसँग जोडिएका हुन्थे ।  

उनी महोत्सवमा आउने खबरसँगै महोत्सवमा देखिएको भीड देखेर आयोजक दंग परेको छ । उनको प्रस्तुतिका क्रममा देखिएको भीड थाम्न आयोजकलाई समेत हम्मेहम्मे परेको थियो भने सुरक्षाकर्मी नै परिचालन गरिएको थियो । उनले आफ्ना चर्चित गीतहरु ‘चोरी खान पल्केको यो ढाडे बिरालो’, ‘उही मुलाका सिन्की, उही मुलाको चाना’, तथा चर्चित दोहोरी गीत ‘चानचुने त कहाँ हो र जिमवाल बाउकी छोरी, अध्याँरामो लाको मायाँ काली छौ कि गोरी’ लगायतका गीतहरु गाएकी थिइन् । उनको प्रस्तुति अबधिभर दर्शकहरुको खचाखच भीड महोत्सवको स्टेजमा रहिरह्यो । 

ज्योतिसँगै आइतबार चर्चित गायक यम बराल प्रस्तुत भए । उनले आफ्नो चर्चित गीत ‘निष्ठुरीले छाडेर गइहाली, हेर्दा हेर्दै अर्कैकी भइहाली’ बोलको गीत गाउँदा उनलाई दर्शकले साथ दिएका थिए । गायक हेमन्त शर्माको प्रस्तुतिले पनि दर्शकलाई मनोरन्जन दिएको थियो । त्यसैगरी गायिका जुना प्रसाई र संगीतकार एबम् गायक गणेश पराजुलीको प्रस्तुति पनि दमदार थियो । महोत्सवमा शारीरिक रुपमा अशक्त रहेका कलाकार लालबहादुर तामाङले जादु तथा नृत्य प्रस्तुत गरेका थिए भने गायिका लक्ष्मी तामाङले गीत गाएकी थिइन् । नृत्यांगना अनु रानासहित आस्था कला केन्द्रको टोलीले नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रम सञ्चालन गरिरहेका एङ्कर (होस्ट) रविन्द्र थिङले महोत्सवमा देखिएको उल्लेख्य भीडका कारण महोत्सवमा अवलोकनकर्ता बढ्दो क्रममा देखिएको बताए । 

आयोजक मकवानपुर उद्यो वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार हालसम्म महोत्सवमा ४ करोडको कारोबार भइसकेको छ । मेलामा अटो, कृषि, बाल उद्यान, तयारी पोशाक, खानेकुरा तथा अन्य दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरुका २ सय वटा स्टल छन् । सोमबार चर्चित गायक सुगम पोखरेल आउने निश्चित भएको मूल आयोजक समारोहका संयोजक गोविन्द रिजालले बताए । त्यसैगरी माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको आयोजकले जनाएको छ । 

माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पु¥याइएको छ ।