nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङको बागेश्वरीको अभिभावक भेला सम्पन्न

मकवानपुर टिष्टुङ गाविसको नौखण्डेमा रहेको बागेश्वरी माविको अभिभावक  भेला सम्पन्न भएको छ । विद्यालयका निवर्तमान अध्यक्ष सुमन गोलेको सभाध्यक्षतामा भेला भएको हो । 
जिल्ला शिक्षा कार्यालय मकवानपुरका विद्यँलय निरीक्षक कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक विरमान स्याङ्तानले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलाले विद्यालय व्यवस्थापन समिति पुर्नगठनका लागि दयाराम वाइवा, सुरेन्द्र लामा, बाटुली लो तामाङ र डोल्मामाया मोक्तान सदस्यमा छनौंट भएकाछन् । छनौंट भएका सदस्यहरुबाट अध्यक्ष सहित पदाअधिकारी चयन हुने शिक्षक ज्ञानचन्द्र शिकारीले विकारखबरलाई जानकारी दिए ।