Wednesday, 28th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

टिकाराम दराई स्मृति भलिबल हेटौडामा सुरु

फरेष्टर टिकाराम दराईको स्मृतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाई समिति, वन क्याम्पसले “टिकाराम दराई स्मृति भलिबल कप–२०७४” शनिवारबाट शुरु गरेको छ । अखिल (क्रान्तिकारी)का सदस्य दराई २०७२ माघ १७ गते २६ वर्षको उमेरमा कार्यस्थिल सिन्धुलीमा हुँदा निधन भएको थियो । उहाँको सम्झना आयोजना गरिएको प्रतियोगिताको टिकाराम दराईका जिवन संगिनी धनमाया दराई, माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान, संयोजक प्रेम बहादुर पुलामी, कृषि तथा वन विश्वविद्यालयका डीन डा. बलराम भट्ट लगायतका अतिथिहरुले संयुक्त रुपमा बल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो । कार्यक्रम मुल इकाई कमिटी अध्यक्ष सविना भण्डारीको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य कल्पना उपाध्यायले राख्नुभएको थियो ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg