nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई

मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगितामा बिजेता भएको खेलकुद विकास समिति थाहानगरका खेलाडीहरुलाई ३० असोजमा एक समारोहकाबीच सम्मान गरिएको हो । 

थाहा नगरपालिकाको पालुङ शहरमा भएको सम्मान कार्यक्रम थाहानगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नगर प्रमुख विष्टले खेलकुदको क्षेत्रमा जिल्लामै थाहानगरको शीर उचो राख्ने खेलाडीहरुलाई बधाई दिए । खेलकै माध्यमबाट नगरपालिकालाई चिनाउने खेलाडीहरुको वृद्धि विकास र क्षमता अभिवृद्धिमा नगरकालिका सँधै सकारात्मक हुने विष्टको भनाई थियो । विष्टले खेलागीहरुले पु¥याएको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख विष्टले खेलाडीहरुलाई प्रशंसा पत्र वितरण गरे । 

थाहानगर खेलकुद विकास समितिका प्रशिक्षक शंकर कार्कीले नगरले गरेको सम्मानले थप उत्साहित बनाएको बताए ।  प्रशिक्षक कार्कीले आफूहरुको मिहनतलाई नगरपालिकाले गरेको प्रशंसाप्रति खुबी व्यक्त गरे । थाहानगर खेलकुद विकास समिति अहिलेसम्म मकवानपुर जिल्लामा चौथोपटक उत्कृष्ट खेल प्रदर्शन गरी जिल्ला प्रथम भएकोले भलिबल प्रतियोगितामा थाहानगर अब्बल टिम भएको खुशी बाँडे । कार्यक्रममा थाहा नगर खेलकुद विकास उपसमितिका संयोजक तथा थाहा–३ का वडा अध्यक्ष राजेश केसीले उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रशंसा सहित बधाई दिए । थाहानगरको सम्पत्ती सावित भएका खेलाडीहरुलाई टिकाइ राख्नू चुनौति भएको बताउँदै नगरपालिका खेलकुद विकास समिति खेलाडीहरुलाई सघाउन तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले नगरमा खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने जनाए । 

खेलकुद विकास उपसमितिका संयोजक राजेश केसीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्त कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी अच्युतम प्रसाद ढकाल, राजु नापित, श्यामभक्त श्रेष्ठ, राजुकुमार प्रधानलगायतकाको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)