Thursday, 3rd September, 2026
वि.स.

जिरीमा जारी भलिवलमा थाहानगर क्वाटरफाइनल प्रवेश

IMG_20231103_122707-1698993761.jpg

दाेलखाकाे जिरीमा जारी भलिवल च्याम्पियनसिपमा थाहा नगरपालिकाकाे टिम क्वाटरफाइनल प्रवेश गरेकाे छ ।

आज १७ कात्तिकमा केहीबेरअघि सम्पन्न प्रिक्वाटर चरणकाे खेलमा मेलम्ची नगरपालिकालाई हराउँदै थाहा नगरपालिका क्वाटरफाइनल प्रवेश गरेकाे हाे ।

क्वाटरफाइनल चरणकाे खेल आजै हुने थाहानगरका टिम व्यवस्थापक रुपक कार्कीले जानकारी दिए । क्वाटरफाइनलमा थाहा नगरपालिका सिन्धुलीकाे कमलामाई नगरपालिकासँग भिड्नेछ ।

थाहा नगरपालिकाबाट १५ जनाकाे टाेली भलिवलमा भिड्न १४ कात्तिकमा जिरी पुगेकाे थियाे । प्रतियाेगितामा ९ वटा टिमकाे सहभागिता रहेकाे छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif