nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जावलाखेल युवा क्लबलाई बागमती गोल्डकप फुटबलको उपाधि

तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ । ११ फागुनमा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १-० गोलले पराजित गर्दै जावलाखेलले उपाधी उचालेको हो । पहिलो हाफ गोल रहित भएको खेलामा जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले खेलको दोस्रो हाफको ४ मिनेटमा गरेको एक गोल नै जावलाखेलका लागि भाग्यशाली सावित भयो ।

१० पागुनमा भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयन संगको भेट पक्का गरेको थियो । जितसंगै जावलाखेलले ६ लाख नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता हिमालयनले ३ लाख सहित शिल्ड र मेडलप्राप्त गरेको छ ।

खेलको म्यानअफ द म्याच जावलाखेलका दिलेन मोक्तान भए । उनले नगद ५ हजार प्राप्त गरे । यसैगरी प्रतियोगितको सर्बोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका बिदेशी खेलाडी अदामादुम्बीअ भए । उनले नगद ५० हजार प्राप्त गरे । सर्बोत्कृष्ट खेलाडीको प्रायोजन भने फापरबारी –७ का राजनीतिकर्मीरसमाजसेवी टेकबहादुर डिम्डुङले गर्नु भएको हो । 

यसै गरी प्रतियोगितको उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए ।  उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका अरुण ब्लोन भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसि भए ।

उनीहरुले क्रमशः १० हजार रुपैयाँ प्रप्त गरेका छन्।गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने ब्यवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुर गढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)