nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जाँदाजाँदै डिएफओ आचार्यले मकवानपुरबासीलाई सम्झाए यी दर्जन एजेण्डा

bishnu-aacharya-1696850943.jpg

डिभिजन वन कार्यालय, राप्ती मनहरी, मकवानपुरका प्रमुख विष्णुप्रसाद आचार्य सरुवा भएर धादिङ गएका छन् । मकवानपुरकै  स्थायी बासिन्दा आचार्यले डिभिजन वन कार्यालय, राप्तीमा करिव दुई वर्ष टिमको नेतृत्व गरे । यहाँ रहँदा उनले मकवानपुरलाई विर्सनै नसकिने गुन लगाएका छन् । अन्ततः सरुवा हुँदै गर्दा उनले आफ्नो फेसबुक प्रोफाइलमा सरोकारवाला सबैलाई धन्यवाद दिएका छन् र डिभिजन वन कार्यालय राप्तीले उठाएको एजेण्डालाई सामाजिकीकरण गर्न आग्रह गरेका छन् । उनले भनेका छन्–  म यहाँको DFO मात्र होइन स्थानीय पनि हुँ र हामीले उठाएका एजेन्डालार्इ वनको कर्मचारीको रुपमा मात्र नलिइकन यहाँको बासिन्दाको रुपमा समेत लिन र यी एजेन्डा हाम्रा एजेन्डा हुन् र हामीले नै यिनको अगुवाई गर्नु पर्छ भन्ने कुरामा ध्यान दिन र यी कुरा निरन्तर उठाइरहनसमेत आग्रह गर्दछु ।’ 
प्रस्तुत छ आचार्यको आग्रह जस्ताको तस्तै :

साथीहरु नमस्कार,

डिभिजन वन कार्यालय, राप्ती मनहरी, मकवानपुरको करिव २ बर्ष ९१ बर्ष ११ महिना १८ दिनको बसाइ सकेर म नियमित सरुवाको क्रममा आज (२०८० असोज २१ ) राप्ती मनहरीबाट धादिङ जाँदैछु । यहाँ बस्दा यहाँहरुको (वन तथा वातावरण मन्त्रालय, परदेश वन निर्देशनालय, जिल्ला समन्वय समिति, बिभिन्न पालिका, जिल्ला प्रसासन कार्यालय, सुरक्षाकर्मी आदि , हाम्रो कार्यालय, बिभिन्न संचारकर्मीहरु, समुह, सामुदयिक वन उपभोक्ता महासंघ लगायत) सहयोग, सद्भावको लागि असाध्य आभारी छु । मैले धेरै ठाउँमा के भन्ने गरेको छु भने म यहाँको DFO  मात्र होइन स्थानीय पनि हुँ र हामीले उठाएका एजेन्डालाइ वनको कर्मचारीको रुपमा मात्र नलिइकन यहाँको बासिन्दाको रुपमा समेत लिन र यि एजेन्डा हाम्रा एजेन्डा हुन् र हामीले नै यिनको अगुवाई गर्नु पर्छ भन्ने कुरामा ध्यान दिन र यि कुरा निरन्तर उठाई रहनु समेत आग्रह गर्दछु ।

“जनतासंग वनका कुरा, जनतका मनका कुरा” वास्तवमा भुइँ मान्छेका कुरा हुन् । हामी यि कुरा प्रति कहिले सम्बेदनशील भएनौ वा हुन् सकेनौ । यो पक्षले मलाई सबै भन्दा बढी शक्ति दियो, गाउँ चिन्न आधार दियो, स्थानीय एजेन्डाको पहिचान गर्ने यो सबै भन्दा ठुलो आधार थियो र यसैको पछी लागेर हामीले स्थानीय एजेन्डा उठाउन सफल भएका हौ । यसको सिद्धान्तको आधारमा हामी वनका मालिक होइनौ, जनताका सेवक हौ भन्ने भावनाको बिकाश भएको हो तसर्थ जनता (उपभोक्ता) नै सधै DFO भेट्न कार्यालय आउने होइन, DFO पनि समुहको कुरा सुन्न जनताकहाँ पुग्नु पर्छ । यसलाई हामीले व्यवहारिक रुपमा समेत उतार्ने प्रयत्न गर्यौ ।

  • जनताको चौतारी 

जनता प्रति सम्मान व्यक्त गरेर बनाइएको सामान्य गोल घर वा आराम घर हो । हामीले अन्य धेरै चौतारी देखेका छौ तर जनताको चौतारी दुर्लभ देख्यौ होला किन जनता हाम्रा एजेन्डा कहिलयै हुन् सकेनन । नाम जे राखेपनि सेवाग्राहीलाई सुबिधा हुने गरि (कम्तिमा खाने पानि, बस्ने कुर्सि, हात धुने ठाउँ, सौचालय, एक दुइ पत्रिका, नेट को सुबिधा आदि।) सबै कार्यालयले राखिदिने हो भने सेवाग्राहीलाई असाध्य सहज हुने थियो । तपाइँहरुले पनि यी बिषयलाई अन्यत्र पनि व्यवस्थापन हुने गरि पहल गरिदिनुहुनेछ ।

  • सालक : मकवानपुरको गौरव

प्रकृतिको साथीको रुपमा यो प्रजातिलाई अगाडी बढाउनु पर्नेछ । सम्भवतस् यो जनावर मकवानपुरको मात्र नभई बागमतीको गौरव प्राणीको रुपमा समेत अभियान चलाउने पर्ने देख्दछु । हामीले मकवानपुरमा आधिकारिक रुपमा नै गौरव प्राणीको रुपमा घोषणा गर्न समय अभावले नसके पनि जनस्तरमा पूर्ण घोषणा भएको छ, चेतना बढेको छ, समन्वय समिति, पालिका आदिको समन्वय सहकार्यमा यसलाई छिट्टै घोषणा अगर्नु पर्ने काम बाँकी छ ।

  • चिउरी, चमेरो चेपाङ

यो चेपाङ जातिको जीविकोपार्जन, संस्कृति, प्रथाजनित अधिकार, जैविक बिबिधताको संगम हो  । यसमा धेरै बोल्नु पर्ने आवस्यकता छैन तर भुइँ मान्छे, भुइँमा रहेको जनजाति मध्ये एक चेपाङ समुदायको बारेमा र जीविकोपार्जनको एक महत्वपूर्ण श्रोतको रुपमा रहेको चिउरी अनि चेपाङ र चमेरोको बारेमा बोलिरहनु पर्नेछ । भर्खर शिलिंगे सामुदायिक वनमा ग्राफ्तिंग ३०० बिरुवा रोपन भएका छन, यसलाई अनुगमन, नियमन र प्रवर्धन गरि सफल हुने हो भने एउटा नया इतिहास हुनेछ ।

  • दार

मकवानपुरको गौरवमयी परिचयसंग जोडिएको तर दुर्भाग्यपूर्ण रुपले सबै मकवानपुरेले बिर्सिएका दारलाई हामीले फेरी मुलधारमा ल्याउने प्रयत्न गरेका छौ । भीमफेदी १ मा रहेको दरवारडाडा सामुदायिक वनमा २ हेक्टर क्षेत्रमा बिरुवा रोपन, गोडमेल,पुन रोपन, यसको प्रवर्धन , घेरावार हेरालु सहितको पकेट क्षेत्रको घोषणा भएको छ । यसैगरी बकैया १२ को चप्किमा करिव २ हेक्टरमा रोपन भएको छ । मनहरी गाउपलिकाको वार्ड नम्बर ६ को बालुवा भन्ज्यांग र शिकारिवास सामुदायिक वनमा प्राकृतिक अवस्थामा रहेको दारलाइ बिउ उत्पादन क्षेत्रको रुपमा बिकाश गर्न सम्झौता भएको छ । यो बिषयलाई निरंतर उठाउनु पर्ने, दारको निजि क्षेत्र र प्राकृतिक अवस्थामा कहाँ कहाँ छन् दारको खोजी गर्नु पर्नेछ । यसको संरक्षणको आवस्यक कार्ययोजनाको निर्माण गरेर नै अगाडी बढ्नु आवस्यक छ ।

  • प्रकृति र संस्कृतिको संयोजन

प्रकृति र संस्कृतिको सम्योजन अन्तर्गत सीता अशोकको प्रवर्धन भएको छ । राक्सिराङ ३ को भर्यांग कालिका सामुदायिक वनमा प्राकृतिक अवास्थामा रहेका ३० भन्दा बढी ठुला अशोकका रुखलाइ बाटिकाको रुपमा स्थापित गरि त्यहाँ सीता माता र माता त्रिजताको मुर्ति स्थापना ९संसारमा एक मात्र० गरिएको छ  साथै त्यहि वरिपरी ४०० सीता अशोकको रोपन र सिद्धार्थ हरियाली सामुदायिक वनमा २०० सीता अशोकको रोपन गरिएको छ । यो क्षेत्रलाई पछी अशोकको बिउ उत्पादन क्षेत्रको रुपमा बिकाश गरिने लक्ष्य लिएका छौ । साथै जनकपुर मन्दिरसंग आवस्यक समन्वय गरेर यसलाई एउटा धार्मिक केन्द्रको रुपमा बिकाश गरिनेछ  ियो बिषयमा तपाइको निरन्तर लबिंगको आवस्यकता हामीले महसुस गरेका छु ।

यसै गरि दरवारडाडा सामुदायिक वनमा बागमतिमा नै पहिलो पटक नक्षत्र बाटिकाको स्थापना गरिएको छ, यसले एउटा अभियानको रुप लिनेछ र जिल्लाका अन्य स्थानमा समेत विस्तार हुनेछ भन्ने अपेक्षा गरेका छौ । नक्षत्र बाटिकाको बारेमा असाध्य कम मानिस मात्र जानकार छन् तसर्थ यसलाई प्रकृतिसंग मिलान गर्दै प्रकृति संरक्षण र प्रकृतिलाई संक्स्कृतिसंग मिलान गर्ने अभियान चलाउनु पर्नेछ ।

  • छतिवन 

प्राकृतिक अवस्थामा लोपोन्मुख अवस्थामा पुगेको छतिवनलाइ पुन: उत्पादन गरेर भर्यांगकालिका सामुदायिक वनमा १३०० बिरुवा रोपन गरेर जिन कन्जरभेशनको काम गरिएको छ । सम्भवत नेपालको सबै भन्दा ठुलो छतिवनको क्षेत्रको रुपमा यसलाई बिकाश गरिनेछ  यसकाे अलावा जिल्लाका र देशका बिभिन्न भागमा यसलाई प्रवर्धन गरिदैछ ।

  • राजमार्ग हरित पार्क

चनौटा सामुदायिक वनले हेटौडा १९ मा व्यवस्थापन गरेको यो पार्क नेपालको नमुना पार्क जहाँ बिश्राम, सुलभ सौचालयको काम हुनेछ । अब वन क्षेत्रलाई सिमित घेराबाट बाहिर निकाली अन्य जनमुखी कममा उपयोग गरिनु पर्दछ ।

  • चराको हब

हेटौडामा मात्र करिव ३२० प्रकारको चरा पाइएको छ, यसलाई लिपिबद्ध गर्दै चरा प्रवर्धनको काम बढाउने हो भने हेटौडालाइ एउटा उत्कृष्ट हब बनाउन सकिन्छ । यसैगरि जिल्लाका अन्य क्षेत्रमा समेत चराको गन्तब्य बनाउन सकिन्छ ।

  • एक मुट्ठी अन्न चराको लागि

प्रकृतिको लागि, मानवताको लागि स् हेटौडा लगायत जिल्लाका बिभिन्न भागमा नया भवन, शहरीकरणले क्रमश गुल्जार हुदैछ । यस्तो अवस्थामा चराको बासस्थान कमजोर हुदै जाने अवस्थाले चराको लागि कठिन अवस्था श्रीजना हुने भएको छ । अबको नया अवस्थामा एक मुट्ठी अन्न, एक भाडो पानि उपलब्ध गराउन सकिने हो चरा लाइ प्रतिकुल अवस्थामा अल्पकालीन भएपनि बासस्थान उपलब्ध हुने र यसले जैविक बिबिधताताको अलावा मानवताको पनि बिकाशमा मदद्त पुग्नेछ ।

  • रिचार्ज पोखरी

अबको लडाई पानीको लडाई हो त्यसमा पनि चुरे क्षेत्रमा पानीका साना ठुला पोखरी बनाएर यहाको पानि जोगाउनु पर्ने छ । यो अभियानको रुपमा नै जानु पर्छ ।

  • पलाँस 

पलाँसको अभियान सुरुवाती चरणमा छ‘ केहि बिरुवा हामि संग छन्‘केहि स्थानमा प्राकृतिक अवस्थामा फेला परेका छन् । यसलाई अगाडी बढाउनु पर्ने देखिन्छ ।

  • वर, पिपल, समी, नीम रोपन

मनकामना सामुदायिक वनमा २ हेक्टरमा १२५० नीम को रोपन भएको छ, सबै सुरक्षाको प्रवन्ध सहित‘ यसलाई नेपालको ठुलो नीम प्लटको रुपमा बिकाश हुनेछ भन्ने अपेक्षा गरेका छौ । यसका अलवा वर, पिपल, समीको बिरुवालाई जिल्लाका बिभिन्न भेगका अलावा देशका अन्य बिभिन्न भेगमा पुर्याएका छौ । अब यी र यस्ता प्रजातिलाई प्राथमिकता नदिने हो भने यी क्रमश सकिदै जानेछन र यी सकिनु बह्नेको इतिहाँस संक्सृती माथि समेत आघात पुग्नु हो भन्ने कुरालाई समेत आत्मासात गर्न हामि आग्रह गर्दछु ।

  • बिजयसाल र सतिसालको रोपन

चनौटा सामुदायिक वनमा बिजयसाल र जनहित सामुद्यिक वनको क्षेत्रमा सतिसालको बिरुवा रोपन भएका छन र यसलाई पछी बिउ उत्पादन क्षेत्रको रुपमा बिकाश गरिनेछ । यी दुवै प्रजाति झन्डै लोपोन्मुख अवस्थामा रहेका छन् ।

  • पालिकासंग समन्वय, सहकार्यको अभियान जारि गर्नु पर्ने देखिन्छ ।
  • हाइकिंग, ट्रेकिंगस् मकवानपुर आफैमा प्रकृतिको अनुपम सुन्दर स्थान हो, यसको बिभिन्न भेगमा हाइकिंग ट्रेकिंगको बृहद सम्भावना देखिन्छ, यी र यस्ता सथान्को खोजि एवं प्रवर्धन गरिरहनु पर्ने देखिन्छ 
  • बिधालय शिक्षार वाताबरण शिक्षार बिभिन्न ब्रोसरर पुस्तिका प्रकाशनर इको क्लबको निरन्तरता
  • सामुदायिक वनको आमदानीको न्यायोचित बाडफाड आदि ‘
  • नदि उकाश क्षेत्रको नियमित व्यवस्थापन जहाँ सफल अनुभव छ र हामीले बागमतिमा नै पहिलो पटक आधिकारिक रुपमा अर्जुन लगायत प्रजातिलाई उपयोग गरेका छौ ।