nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जन्म दिनकाे उपलक्ष्यमा गणेशले पढाउने भए एक बिद्यार्थी

सबै मानिसकाे जन्म दिन प्रत्येक वर्ष एकपटक अाउने गर्दछ । कसैकाे पत्ते नभई जान्छ भने कसैले केक काटेर पार्टी गरेर मनाउने प्रचलन अहिले पछिल्लाे  समयकाे एक चलनचल्ती जस्तै हुन थाली सक्याे ।

यसैबिच लियाे ब्लव अफ पिस थाहा नगरका अध्यक्ष गणेश प्रसाद बिष्टकाे यहि चैत्र २८ गते परेकाे शुभ जन्म दिनकाे उपलक्षमा अाफ्नाे जन्म उत्सव शिखरकाेटकाे शंखर हाेटलमा मनाउँदै गर्दा जनकल्याण माबिका कक्षा ७ मा अध्ययन गर्ने एक जेहेन्दार , मेहेनति र अार्थिक अवस्था कमजाेर भयका बिद्यार्थी लाई एक वर्ष भरि पढाईदिने घाेषणा गरेका छन् । जनकल्याण माबि का शिक्षक मनाेज रायमाझीलाई उहाँले यश बिषयमा प्रतिवद्धता जनाउनुभयकाे थियाे । नयाँ शैक्षिक सत्र सुरु भय पछि बिद्यालयकै छनाेटमा एक बिद्यार्थी लाई छनाेट गर्ने शिक्षक मनाेज रायमाझीले बताउनुभयाे ।

पछिल्लो समय जन्मदिनकाे नाममा हुने फजुलखर्च लगायत बिकृति पन देखि दिक्दार भयर उहाँले यस्तो सेवा गर्ने निर्णय गर्नुभयकाे हाे । यदि अार्थिक कारणले कसैकाे क्षमता उजागर हुन सक्दैन भने त्यसकाे जवाफदेहि मात्र उस्काे परिवार नभै सिङ्गो एउटा समाज अनि सरकार नै त्यसकाे जवाफदेहि हाे तर अहिले समाज अनि सरकारनै पानी माथिकाे अाेबानाे बनेकाे अवस्थामा याे मेराे सानाे प्रयासले एक व्यक्तिको उज्ववल भविस्य अनि समाजमा सकारात्मक साेचकाे  बिकास हुन सके शिक्षाको उज्यालाे बाट काेहि पनि बत्ती मुनिकाे अध्याराे हुन नपर्ने कुराे बिष्टले बताउनुभयाे । मानिस संग धन हुन्छ तर मन कमै संग हन्छ, फजुल खर्च गरेर, माेजमस्ति गरेर पैसा खर्च गर्नु भन्दा कुनै सानाे सेवा बाट जिन्दगीमा धेरै अानन्द प्राप्त गर्दै अाईरहेकाे अनुभव बिष्टले सुनाउनुभयाे ।
बिष्ट अहिले थाहा नगरकाे गाेरखनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष पनि छन् । 
सम्वृद्ध थाहा नगरकाे सपना बाेक्दै बिष्टले थाहा नगरपालिका लगायत अासपासका पर्यटकिय, धार्मिक तथा ऐतिहासिक क्षेत्रकाे प्रवर्द्धनका निम्ति सुन्दर तस्बिरहरू खिच्दै , ईन्टरनेट मार्फत अाफ्नाे नगरकाे पर्यटनकिय प्रवर्द्धन गर्दै अाईरहनुभयकाे छ ।

  



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।