Sunday, 19th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनसेवाको २३ औँ वार्षिक साधारण सभा

जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पदमपोखरीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मधुसुदन नेपालको सभाअध्यक्षता तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हेटौंडाबाट पत्रकार चन्द्र घलानले खबर पठाएका छन् । 

हेटौंडा–१२ बुद्ध मा.वि. मा भएको कार्यक्रममा पशु सेवा उपकेन्द्र पदमपोखरीका प्रमुख मधुविलास न्यौपाने, पदमपोखरी प्रहरी चौकीका प्रमुख बुद्धि चौधरी, मेनकाइन्ड भेट कम्पनीका बजार प्रबन्धक मोहन वाईबा, श्रीपञ्चमी बहुउदेशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष टोलप्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाका सचिव अकबर थापा मगरले संचालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक रामहरी पोखरेलले संस्थाको आर्थिक वर्ष २०७२÷७३ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।