nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनकल्याणले हात पार्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

IMG_20190531_180001-1559305131.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जेठ १४ गते देखि संचालित राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता आज शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा जनकल्याण माद्यामिक विद्यालयले थाहा नगरस्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी हात पारेको छ । जनकल्याणले छात्र र छात्रा दुबै तर्फ गरि कुल १४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेर प्रथम हुन सफल भएको हो । यस्तै २ स्वर्ण, ७ रजत र १ काश्य पदक जितेर सुनौला माद्यामिक विद्यालय  द्वितीय र २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेर मत्स्यनारायण माद्यामिक विद्यालय तृतीय हुन सफल भएको छ ।  रनिङ शिल्ड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।


साथै २ स्वर्ण र २ रजत प्राप्त गरि सुन्दरी देवि चौथो, २ स्वर्ण र २ काश्य प्राप्त गरि बागेश्वरी पाँचौ, १ स्वर्ण, २ रजत र ३ काश्य प्रप्त गरि पालुङ भ्याली हार्ट  छैठौं, १ स्वर्ण, २ रजत र १ काश्य प्राप्त गरि स्वच्छन्द भैरव मा वि सातौ, २ रजत र ६ काश्य प्राप्त गरि झम्केश्वरी आठौं, २ रजत प्राप्त गरि इन्द्रायणी नवौं, ३ काश्य प्राप्त गरि बज्रबाराही मा वि दशौं, ३ काश्य प्राप्त गरि नाटेश्वरी एघारौं, २ काश्य प्राप्त गरि हिमालयन इङलिस बोर्डिङ स्कुल बाह्रौं,  १ काश्य प्राप्त गरि पालुङ इङलिस स्कुल तेह्रौं भएका छन् भने ४ वटा विद्यालय शून्यमा रहेको छ  

मेयर कप भलिबल प्रतियोगितामा छात्रा तर्फ  मत्स्यनारायण मा.वि प्रथम, स्वच्छन्द भैरव मा.वि द्वितीय र जनकल्याण मा.वि तृतीय हुन सफल भएको छ भने छात्र तर्फ सुन्दरी देवी मा.वि प्रथम, जनकल्याण मा.वि द्वितीय र नाटेश्वर मा.वि तृतीय हुन सफल भएको छ । छात्र र छात्रा दुबै तर्फका भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु ५ हजारका साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

रनिङ शिल्ड अन्तर्गत एथलेटिक्समा छात्र तर्फ जनकल्याण मा वि प्रथम, सुनौला मा वि द्वितीय र सुन्दरीदेवी मा वि तृतीय भएका छन् भने छात्रा तर्फ जनकल्याण मा वि प्रथम, बागेश्वरी मा वि द्वितीय र मत्स्यनारायण मा वि तृतीय भएका छन् ।यस्तै मार्चपास तर्फ पालुङ भ्याली हार्ट एकेडेमी प्रथम, सुनौला मा वि द्वितीय र जनकल्याण मा वि तृतीय भएका छन् । 
११ औं गणतन्त्र दिवसको अवसर पारी यहि जेठ १४ गते बाट सुरु भएको प्रतियोगिता १६ गते समापन गरिने भनिए पनि वर्षादका कारण खेल प्रभावित भएको थियो । आज भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता  तथा थाहा नगरपालिकाका खेलकुद विकास समितिका संयोजक राजेश के सीको सभाध्यक्षता रहेको थियो ।

थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम मेयरकप भलिबल प्रतियोगितामा नगरस्तरिय १७ वटा विद्यालयको सहभागीता रहेको थियो ।  खेल जनकल्याण माद्यामिक विद्यालयको प्राङ्गण र इन्द्रायणी चौरमा एकसाथ सञ्चालन गरिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले विद्यालय मै राष्ट्रिय स्तरको खेलाडी बन्नको लागि अभ्यास गर्दै जानू पर्ने  र आगामी दिनमा पनि यस्ता खेललाई प्राथमिकता दिदै प्रतियोगिता संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको लागि ४ लाख रुपैयाँको लागत अनुमान गरिएको थियो ।  मार्चपास तथा मेयरकप भलिबल प्रतियोगिताको अंक समेत जोडिएर राष्ट्रपति रनिङ्ग शिल्ड विजेताको घोषणा गरिएको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।