nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

छोटो अवधिमा मंगलदीप सहकारीको प्रगति

378258375_225237240546575-1695052527.jpg

मंगलदीप बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य प्रगति हासिल गरेको छ । ३० भदौमा सम्पन्न संस्थाको नवौँ नियमित वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष नवराज बिष्टले प्रस्तुत गरेकाे प्रतिवेदनले संस्था निरन्तर प्रगतितर्फ उकालो लागिरहेको देखाएको छ ।

अध्यक्ष विष्टप्रतिवेदित विवरण अनुसार आ. व. २०७९/८० मा शेयर सदस्य ३५३५ जना रहेका छन् भने शेयर पूँजी रू. २,१३,५८,४०० रहेको छ । जसमा बचत संकलन रू. १४,६५,५३,१०८।६९, ऋण लगानी रू. १५,७०,७६,६८१।१३ र कोष रू ३६,८३,००१।४८ रहेको छ । आ. व. २०७९/८० मा कुल कारोबार रू. २०,८६,३८,०३३।११ रहेको छ ।

प्रतिवेदनमा अध्यक्ष विष्टले सहकारी संस्थाले १८ ओटा तथा कार्यबिधि तयार गरी सोही अनुसार संस्था सञ्चालन गरेको उल्लेख गर्दै संस्थालाई सुशासनयुक्त बनाऊन सफल भएको बताएका छन् । उनले संस्थाले कारोबारमा पूर्ण अनलाइन सेवा प्रदान गरेको उल्लेख गरेका छन् । 

संस्थाका अध्यक्ष विष्टको सभाध्यक्षतामा सम्पन्न साधारणसभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार गोर्खाली विशेष अतिथि रहेका थिए भने  ध्रुबतारा बहुउद्देशीय सहकारी संस्था लि. का अध्यक्ष उमेश पाण्डे, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईं , मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार रामकृष्ण हुमागाई,  कानूनी सल्लाहकार राम बिष्ट तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु अतिथि रहेका थिए । कार्यक्रम संस्थाका सचिव प्रल्हाद महतले संचालन गरेका  थिए । 

प्रयागपोखरी–१२, लगनखेल ललितपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले थाहा नगरपालिका र ठैवमा सम्पर्क कार्यालय राखेर सेवा प्रदान गर्दै आइरहेको छ । थाहा नगरपालिकामा गणेश विष्टले व्यवस्थापकको जिम्मेवारी सम्हालेका छन् । 

कार्यक्रममा जेष्ठ नागरिक राम महार्जन उत्कृष्ट कारोबार गर्ने सदस्यहरु बाबुकृष्ण श्रेष्ठ, कुमार कार्की, गौरव श्रेष्ठ, उमेशनारायण खड़का, रबिन बजगाई, सरिता श्रेष्ठ, असल ऋणी रामहरि तामाङ, नारी बचतकर्ता  बिना नेमकुल, बाल बचतकताए अपेक्षा दाहाल,  २०७९ को एसइइमा उत्कृष्ट ग्रेड हासिल गर्ने  मन्जिल बस्नेत र सदिक्षा सिलवाललाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीमा पालुङ सेवा केन्द्रका प्रमुख गणेश बिष्टलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ र लेखासमिति संयोजक सागरजंग थापाले आआफ्नो प्रतिबेदन पेश गरेका थिए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)