nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चौंथो थाहा महोत्सवमा कृषि उपज प्रदर्शनी हुने, उत्कृष्टलाई पुरस्कार दिइने

विगतका वर्षहरुमा जस्तै चौंथो थाहा महोत्सवमा पनि स्थानीय कृषकहरुबाट उत्पादित कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ । १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने महोत्सवको अवसरमा थाहा नगरपलिकाको इन्द्रायणी चौरमा कृषि मेला प्रदर्शनी हुने मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए । 

कृषि मेला प्रदर्शनीको लागि थाहा नगरपालिकाको कृषि विकास शाखाले सहजीकरण गरिरहेको कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारीले बताए । महोत्सवमा प्रदर्शनीका लागि कृषक उपज ल्याउन कृषकहरुलाई सूचित गरिसकिएको उनले जानकारी दिए । 

महोत्सवमा प्रदर्शनी गरिने कृषि उपजलाई विभिन्न ७ वर्गमा विभाजन गरिएको छ । जसअन्तर्गत् काउली तथा जरे तरकारी बाली(काउली, बन्दा, ब्रोकाउली, मुला, गाजर, रायो, पालुङ्गो) २ बोट प्रदर्शनीका लागि ल्याउनुपर्नेछ । त्यसैगरी फल समूहको तरकारी बाली(भण्टा, खुर्सानी, गोलभेडा, भेडेखुर्सानी, काँक्रो, स्कुस,बरेला, फर्सी) बोट तथा झुप्पा, कन्दमूल बाली(तरुल, पिँडालु आदि) २ बोट र फलफूल बाली(स्याउ, नासपाती, किवी, ओखर, कागती, एभोकाडो, हलुवावेद) १ झुप्पा ल्याउन भनिएको छ । 

त्यस्तै, आलु बीउ(एक केजीसम्म) जात खुलेको, अन्न बाली(धान, मकै, कोदो, फापर, गहुँ) १ बोट झुप्पासहित र अन्य बालीअन्तर्गत् मौरी घार, कफी–१ झुप्पा र कुरिलो २ बोट प्रदर्शनीका लागि योग्य मानिनेछ । 

आफ्नो कृषि उपज प्रदर्शनीमा राख्न इच्छुक कृषकहरुले महोत्सव उद्घाटनका दिन १४ मंसिरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म दर्ता गर्नुपर्ने थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ । कृषि मेला प्रदर्शनीमा उत्कृष्ट उपजका लागि कृषकलाई पुरस्कारको व्यवस्था रहेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)