Thursday, 3rd September, 2026
वि.स.

चौंथो थाहा महोत्सवको मुख्यमन्त्रीबाट उद्घाटन, व्यापार मेला शुरु

mela-aa-1701347797.jpg

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा १२ दिनसम्म सञ्चालन हुने कृषि पर्यटन व्यापार मेला–चौंथो थाहा महोत्सवको आज १४ मंसिरमा औपचारिकरुपमा उद्घाटन गरिएको छ । महोत्सव स्थल इन्द्रायणीचौरमा एक भव्य समारोहबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चौंथो थाहा महोत्सवको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका कट्टेलले प्रदेशका ८५ वटा स्थानीय तहलाई भौगोलिकताको आधारमा कृषि पकेट क्षेत्र बनाउन लागेको उल्लेख गरे । कार्यक्रममा मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद महेशकुमार बर्तौलाले आफूले रोष्टममै पुगेर मकवानपुरमा अति आवश्यक रहेको योजना बारे जानकारी गराउँदा पनि रकम नछुट्याएर सरकारले अन्याय गरेको उल्लेख गरे ।

थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश साँसद प्रेमबहादुर पुलामी छिन्तु, नेकपा एमालेका अच्युत्तमप्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल,  थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विजय सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

उद्घाटनअघि थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रामा  परम्परागत साँस्कृतिक झाँकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा,महिला खैजडी भजन, तामाङ ढ्यांग्रो नाच, महिला समूहहरु, स्थानीय स्काउट लगायतको सहभागिता  रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif