Thursday, 3rd September, 2026
वि.स.

चौंथो थाहा महोत्सवका लागि इन्द्रायणी माईको क्षमा पूजा

mela-news4-1700307228.jpg

आगामी १४ मंसिरबाट हुने चौंथो थाहा महोत्सवको लागि महोत्सव स्थलमा रहेको इन्द्रायणी माईको क्षमा पूजा गरिएको छ । 

मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघले २ मंसिरमा ईन्द्रायणी माईको थानमा पण्डितहरुबाट मन्त्रोच्चारण गरी विधिपूर्वक क्षमा पूजा गरेको हो । पूजा कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु, इन्द्रायणी–भगवती–कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, सचिव मधुकरविक्रम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

क्षमा पूजापछि महोत्सवका लागि चौरमा स्टल स्थापना गर्न बाटो खुलेको मूल आयोजक समितिका अध्यक्ष पुरुषोत्तम ढकालले बताए । अब धमाधम स्टल स्थापनाको कार्य शुरु हुने उनले जानकारी दिए । 

उत्तरी मकवानपुरमा इन्द्रायणी माईलाई शक्तिशाली शक्तिपीठको रुपमा लिइन्छ । इन्द्रायणी चौरमा इन्द्रायणी थान छेकिनेगरी कुनै कार्यक्रम गर्दा इन्द्रायणी माईको क्षमा पूजा गर्ने चलन रहेको छ ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif