Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाईने

makawanpur-1620209598.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाका विरामी बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा आइसियु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाउन निर्देशन दिने निर्णय भएको छ ।

निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पास बाहेक अन्य कुनैपनि पासलाई मान्यता नदिने निर्णय गरिएको छ भने सोही अनुसार गर्न-गराउन जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयलाई निर्देशन जारी गरिएको छ ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg