Sunday, 21st June, 2026
वि.स.

चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाईने

makawanpur-1620209598.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाका विरामी बढ्दै गएपछि कोभिड अस्पतालको रुपमा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा आइसियु सेवासहितको २५ बेडको कोरोना विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिन तत्काल हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मी नियुक्त गरी काजमा खटाउन निर्देशन दिने निर्णय भएको छ ।

निषेधाज्ञाको अवधिमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएका सवारी पास बाहेक अन्य कुनैपनि पासलाई मान्यता नदिने निर्णय गरिएको छ भने सोही अनुसार गर्न-गराउन जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयलाई निर्देशन जारी गरिएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०