nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चितवनमा दुर्घटनामा परी एक वर्षमा ११६ जनाको मृत्यु

accident-new-1618563960.jpg

चितवनमा गत वर्ष सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ ।

सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उनले जानकारी दिए ।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३१६ दुर्घटनामा परी १२३ को ज्यान गएको थियो । त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो । सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ । 

साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उनले बताए । दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)