Thursday, 3rd September, 2026
वि.स.

चन्द्रागिरी सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का आह्वान

sadak-1738917481.jpg

आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको खण्ड स्तरीकरण एवम् कालोपत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान गरिएको छ । चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० करोड ६९ लाख बजेट वृद्धि गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस ठेक्कामार्फत् सडकलाई अहिले भइरहेको काममा थप नाली निर्माण तथा कालोपत्रेले निरन्तरता पाउनेछ । 

सांसद तथा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका स्वकीय सचिव आशिष अस्लामीका अनुसार आफ्नो कार्यकालमा चित्लाङ चन्द्रगिरी थानकोट सडकलाई पुर्णतया स्तकीरण गरी उत्तरी मकवानपुरको थाहा नगरलाई समृद्ध बनाउने सांसद बर्तौलाको चाहना अनुसार उनकै पहलमा बजेट थप गरी ठेक्का आह्वान गरिएको हो । 

यसअघि ७ करोड ९९ लाखको ठेक्काबाट उक्त सडकमा स्तरीकरणको काम भरहेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif