Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

चन्द्रागिरीमा ‘भालेश्वर उत्सव’

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा शिवरात्रीकोे अवसरमा १३ फागुनमा विविध सांगीतिक कार्यक्रम भएको छ। चन्द्रागिरि घुम्न आउने तिर्थालु तथा पर्यटकको मनोरञ्जनका लागि कम्पनीले निशुल्क सांगीतिक कार्यक्रम गरेको हो। कार्याक्रममा चर्चित भरत सिटौला, अविनाश घिसिंगले बेजोड प्रस्तुती दिएका थिए। ३ घण्टा बढि चलेको कार्यक्रममा दुई गायकले दर्जन बढि गीत गाएका थिए।  

कमेडियन राजेन्द्र गिरीको विविभ हास्यव्यंग्य कार्यक्रम रहेको चन्द्रागिरि भालेश्वर उत्सवमा शिवपार्वतीको नृत्यु, ताण्डव नृत्य, ब्रजयोगिनी नृत्य पनि प्रस्तुत गरिएको थियो। जुनेली बिजनेस हाउसले व्यवस्थापन गरेको कार्यक्रममा ३ हजार बढि दर्शकको सहभागिता रहेको थियो।  

स्वस्थानी ब्रत कथामा सतिदेवीको निधार पतन भएर ऊत्पन्न भएको भालेश्वर महादेवको मन्दिर अवस्थित चन्द्रागिरिमा अहिले चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सहित एकीकृत पर्यटकीय केन्द्र निर्माण गरेको छ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg