nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चन्द्रागिरीको केवलकार टीकाको दिन मात्र विदा हुने

Chandragiri-Photo-1475649475.jpg

थानकोटदेखि चन्द्रागिरी डाँडासम्म सञ्चालित केवलकार दशैंमा पनि बन्द नहुने भएको छ । बिजया दशमीको दिन बाहेक अन्य दिन केवलकार सञ्चालन हुनेछ । केहि समयअघिदेखि सञ्चालनमा आएको थानकोट(चन्द्रागिरी केवलकार दशैंमा एकदिनमात्र बन्द हुने कम्पनीले जानकारी दिएको छ ।

दशैंको टिकाको दिनबाहेक अन्य दिन केवलकार सुचारु हुने कम्पनीका जनसम्पर्क अधिकृत राजु पौडेलले जानकारी दिए । केवलकार सञ्चालनमा आएपछि पर्यटकीय गन्तव्यको रुपमा बिकसित भएको चन्द्रागिरीबाट काठमाडौं उपत्यकाको रमणीय दृश्य हेर्न सकिन्छ । चाडबाडको मौसममा पनि सर्वसाधारणले केवलकारको सुविधा उपभोग गर्न सक्ने भएका छन् ।
छोटो समयमै चर्चित बनेको चन्द्रागिरी केवलकारमा यात्रा गर्नेहरु बढिरहेका छन् । सार्वजिनक बिदाका दिन ४ हजारभन्दा बढीले केवलकारको यात्रा गरी चन्द्रागिरी पुग्नेगरेको पौडेलले जानकारी दिए । अन्य दिनहरुमा करीव १५ सय पर्यटक केवलकारको प्रयोग गरी चन्द्रागिरी पुग्ने गरेका छन् ।