nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

घाटदेवीका विद्यार्थीहरु स्काउटबाट दिक्षित

FB_IMG_1693791565179-1693791633.jpg

थाहा नगरपालिका वडा नम्बर-२ फेदीगाउँस्थित घाटदेवी आधारभूत विद्यालयका स्काउट विद्यार्थीहरु दिक्षित भएका छन् । विद्यालयका २० जना छात्रा र ११ जना छात्र स्काउटबाट दिक्षित भएका हुन् ।

घाटदेवी आधारभूत विद्यालयका स्काउट शिक्षक नारायण तामाङकाे सक्रि यतामा गठित स्काउट ट्रुपका सदस्यहरुलाई विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी दिक्षित गरिएकाे हाे ।

स्थानीय स्काउट नगर संयाेजक गणेशमान श्रेष्ठकाे प्रमुख आतिथ्य र विद्यालयका सहायक प्रधानाध्यापक विष्णुमाया हिमडुङकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा स्काउट मास्टर भूमिराज अवस्थीले सहजीकरण गरेका थिए भने ब्वाइजलाई स्काउट मास्टर नारायण तामाङ र गर्ल्सलाई स्काउट मास्टर मिना महर्जनले पद तथा गाेपनियताकाे शपथ गराएका थिए ।