nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ग्यास आगलागीबाट बच्न थाहाको ६ स्थानमा कार्यक्रम गरिने

sct-1699020508.jpg

एलपी ग्यासबाट हुने आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले नगरको ६ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । 

थाहा नगरपालिकाको सहयोगमा नगरको ६ भेगका मुख्य बजारहरु डाँडाबास, शिखरकोट, ओखरबजार, बज्रवाराही, चित्लाङ र नौखण्डेमा एलपी ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यासकार्यसहित सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको स्थानीय स्काउट संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए ।

१७  असोजमा स्काउट कार्यालयले कार्यक्रमको मिति, स्थान र समयको विवरण सार्वजनिक गरेको छ जस अन्तर्गत २० कात्तिकमा डाँडाबास(विहान ७.३०), शिखरकोट(मध्यान्ह १२ः००) र ओखरबजार(दिउँसो ४ः००) मा कार्यक्रम हुनेछ भने २१ कात्तिकमा चित्लाङ(विहान ७.३०), बज्रवाराही(मध्यान्ह १२ः००) र नौखण्डे (दिउँसो ४ः००) बजे कार्यक्रम गर्ने तालिका निर्माण गरिएको छ । 

यदि ग्यास पड्केर आगलागी भइहालेमा के गर्ने भन्ने सामान्य जानकारी पनि उपभोक्ताहरुमा नदेखिँदा समस्या जोखिम रहेको भन्दै स्थानीय स्काउट कार्यालयले यस्तो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा एलपी ग्यास किन्ने बेलामै ध्यान दिनुपर्ने कुराहरु, ग्यास जोड्दा ध्यान दिनुपर्ने कुराहरु, ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिने र ग्यासबाट आगलागी भइहालेमा के गर्ने भनेर प्रयोगात्मक अभ्यास गराउने कार्यक्रम रहेको स्काउट कार्यालयले जनाएको छ ।

२०७८ सालको जनगणना अनुसार थाहा नगरपालिकामा ३६.७ प्रतिशत परिवारले ग्यास चुल्होको प्रयोग गर्दछन् । नेपाल प्रहरीका अनुसार ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट पछिल्लो तीन वर्षमा मात्रै काठमाडौं उपत्यकामा नौ जनाको ज्यान गएको छ भने मुलुकभर ४२ जना घाइते भएका छन् ।  नेपालमा ग्यास सिलिन्डर लिक भएर भएका आगलागीबाट गत वर्षमात्र एक जनाको ज्यान गएको थियो भने सांसद चन्द्र भण्डारीसहित १६ जना घाइते भएका थिए । 

नेपालमा ग्यास व्यवसायको झन्डै ६० वटा कम्पनीमार्फत एक करोड ५० लाखवटा सिलिन्डरहरू बजारमा पठाएको तथ्याङ्क छ । त्यसमध्ये एक करोड १६ लाख ८४ हजार आठ सय १० सिलिन्डरको तथ्यांक यकिन गरिएको छ । मूलतः प्रत्येक महिना मुलुकभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)