nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गोल्डकप: न्युडाफेँ युवा क्लब विजयी

Gameeeeee-1581871724.jpg

मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगितामा ४ फागुनमा भएकोे प्रतियोगितामा नवजागृती युवा क्लब सिमरालाई ४–० गोल अन्तरले पछाडि पार्दै मकवानपुरको न्यु डाफेँ युवा क्लब विजयी भएको छ । विजयी सँगै अब न्यु डाँफेले सेमिफाइनल प्रवेशको लागि जावलाखेल युवा क्लव संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिष्पर्धात्मक खेलमा ४० औं मिनेट मकवानपुरको तर्फबाट विश्व अधिकारीले प्रहार गरेका थिए । यसैगरी मकवानपुरबाट खेलिरहेका युवा स्ट्राइकर प्रिजेन तामाङले ४४ औं मिनेटमा दोस्रो गोल गरे । खेलको ७० औं मिनेटमा मकवानपुरको तर्फबाट हिसुब थपलियाले तेस्रो गोल थपेका थिए । खेलको ९१ औं मिनेटमा रविन स्याङ्तानले चौथो गोल गरे संगै विजयी भएका थियो ।

खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार भोलि सोमबार आयोजक बागमती खेलकुद विकास समिति र च्यासल युवा क्लबबीच खेल हुनेछ । प्रतियोगिता फाइनल फागुन १२ गते हुनेछ ।