nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गोजुरियो कराँते थाहाका ६९ जना खेलाडीले अरेन्ज बेल्ड पाए 

Karate-1577587061.jpg

नेपाल गोजुरियो कराँते दो संघ थाहानगर शाखा दोस्रो चरणको ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका कार्यक्रम संचालन गरिएको प्रशिक्षक मानसिंह दोङले जानकारी दिए । १२ पौषमा जनकल्याण  माध्यमिक विद्यालयमा भएको ग्रेडिङबाट ९५ जना प्रशिक्षार्थिमध्ये ६९ जना एल्लो बेल्टबाट ओरेन्ज बेल्टको लागि योग्य भएका छन् । बाँकि रहेका २६ जना प्रशिक्षार्थिलाई भने आगामी ३ महिनापछिको ग्रेडिङमा सहभागि गराईने प्रशिक्षक दोङले जानकारी दिए । 

गोजुरियो कराँतेको नेपाल भरि हाल ५५ वटा जिल्लामा प्रशिक्षण भैरहेको छ । खेलको निरन्तरताको लागि थाहा नगरपालिकामा उचित खेलमैदानको अभावका कारण हाल कराँतेलाई असर परिरहेको प्रशिक्षक मानसिंह दोङले बताए । आगामीे फागुन २ र ३ गते हुने नेपाल गोजुरियो कराँतेको राष्ट्रिय स्तरको प्रतियोगितामा कम्तीमा ४५ जना प्रशिक्षर्थीहरुलाई सहभागीता गराउने थाहानगर शाखा दो संघको लक्ष्य रहेको छ । आगामी चैत महिनाको आन्तिम सातामा प्रदेश स्तरीय नेपाल गोजुरियो कराँते प्रतियोगिताको आयोजना समेत गरिने उनले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीले खेल क्षेत्रबाट समृद्ध मुलुक निर्माणका लागि थप प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ग्रेडिङ कार्यक्रमका अवसरमा मान सिं दोङ को अध्यक्षतामा नेपाल गोजुरियो कराँते मकवानपुरको ७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपध्यक्षमा दिपेन्द्र कुमार थिङ, सचिव सानोबाबु मुक्तान कोषाध्यक्ष रोजिता थिङ सदस्यमा कौशिला वाईबा मुकेश गोले मनोज तितुङ लगायत छन् । 
 
थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यतामा भएको दोस्रो ग्रेडिङ कार्यक्रममा नेपाल गोजुरियो कराँते दोसंघका केन्द्रिया सचिव सानोबाबु गिरी, नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीका सदस्य तथा थाहा नगरपालिकाका सह ईन्चार्ज लक्षमण विष्ट, प्रदेश खेलकुद स्वयमसेवक तथा थाहा नगर खेलकुद संयोजक राजिव स्याङतान, जनकल्याण मा वि का प्रचार्य सानोभाई कार्की लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com