nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाउँघर र दाजुभाई अस्पतालमै बसेर सम्झदैछन् "नर्सहरु"

तनहुँ जिल्ला रिस्ती गाविस वडा नम्बर ३ मा घर भएकी सर्वदा अधिकारी पेशाले नर्स हुन् । अधिकारी कान्ति बाल अस्पताल काठमाण्डौंमा सेवारत् छिन् । हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको लक्ष्मी पुजाको रात उनी र उनका साथीहरुको रात्रीकालिन सेवा छन् । उनी परिवारकी कान्छी चेली हुन् नर्स अधिकारी भन्दा माथि एउटी दिदी र एक दाइ छन् ।  

नेपाल परम्परा र संस्कृतिको विविधतायुक्त देश । हरेक चाडपर्वको आ–आफ्नै विशेषता हुन्छन् । तिहारमा दाजुबहिनी वा दिदीभाइलाई भेट गराउने पर्वको रुपमा पनि लिइन्छ । नर्स अधिकारी १४ कात्तिकको रात्री कालिन सेवामा खटिरहँदा आफ्नो गाउँले प्रवेश सम्झिदै भन्छिन्–‘पहिला–पहिला तिहार र दीपावली आएपछि गाउँघरमा कटुस बटुल्न वन जंगल चाहार्न पुग्थ्यौं, सेल पकाउन ढिकीमा चामल कुटिन्थ्यो, मेवा र मुलाको जिब्रैमा झुण्डिने स्वादमा अचार बनाइन्थ्यो ।’ उनले थपिन–‘रोटी पोल्ने दाउरा ठीक्क पारिन्थ्यो ।’ आँगनमा ढकमक्क भएका सयपत्री र मखमलीले तिहार आएको जानकारी गराएको महशुस हुने नर्स अधिकारी सुनाउँछिन् । गाउँमा शहरमा जस्तो बिजुली बत्ती बालेर लक्ष्मी पुजा नहुने बताउँदै बारीमा लहलह भएका केराको सुत्लाको दीपावलीको दिन बार्दलीदेखि तलासम्म दियो बाल्ने दियो बन्थे, घरै झिलिमिली हुन्थे । उनले बाल्यकालमा देउसीभैलो खेल्न दाई दिदीको पछि लागेर दगुर्र्नेे गरेको लक्ष्मी पुजाको साँझमा अस्पतालमै बसेर सम्झिइन् । 

गाउँघर, आफन्त अनि साथीभाइहरु घरघरमा दीपावलीमा व्यस्थ भइरहँदा नर्स अधिकारी यस वर्षको लक्ष्मी पुजाको रात कान्ती बाल अस्पतालमै सेवारत् छिन् । उनीसंगै रात्री सेवामा खटिएका अरु नर्स तथा स्वास्थ्यकर्मीहरु हात्तेमालो गर्दै व्यथाले च्यापेर उपचारका लागि अस्पताल पुगेकालाई मल्हम् लगाउँदै छन्, उपचार गर्दैछन् । घर परिवारलाई छोडेर सेवा समर्पित छन् । विरामीको स्याहार औषधि उपचार संगसंगै चाडपर्वको रौनकलाई भने नर्स अधिकारीको टिमले भूल्नै सकेनन् । उनीहरुले पनि लक्ष्मी पुजाको रात नपर्दै फुल अक्षता जोरजम्मा गरे । लक्ष्मीको फोटो ल्याए, धुप नैवेद्य तयार गरी अस्पतालकै डाक्टरलाई फुर्सद हुँदा बस्ने कोठाको एउटा कुनामा लक्ष्मी पुजा गरे ।  अस्पतालमै भए पनि पुजाआजा गर्दा मन आनन्दित हुने अधिकारीले बताइन् । यसरी पुजा गर्दा रमाइलोको साथै घरैमा जस्तो महशुस भएको उनले सुनाइन् । उनले भनिन्–‘हामीले अस्पतालमै भए पनि लक्ष्मी पुजा मनायौं, अब लक्ष्मीले सबैको घरघरमा बास बस्न कन्जुस नगरुन् सबैलाई दीपावलीको शुभकामना ।’

(कान्ति बाल अस्पतालमा कार्यरत् नर्स सर्वदा अधिकारीसंग कुराकानीमा आधारित) 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)