Saturday, 13th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

गाउँघर क्लिनिकलाई रेडक्रसको स्ट्रेचर सहयोग

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत गाउँघर क्लिनिकलाई स्वास्थ्य सम्बन्धी सामाग्री वितरण गरिएको छ ।
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको आयोजना गरि बज्रवाराही, नामटार गोगने, डाँडाखर्क खैराङ लगायत साविक सात गाविसका गाउाघर क्लिनकको लागि सामाग्री वितरण गरिएको हो । नामटार, गोगने, डाँडाखर्क खैराङमा ९ वटाका दरले ३६ वटा स्ट्रेचर र साविक थाहा नगरपालिकाको २, ३, ६, ७, १०, ११ र १२ मा गरी १४ वटा स्ट्रेचर वितरण गरिएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए ।

सामाग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य हरिकृष्ण कार्की, रेडक्रसकी अर्पणा पण्डित, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भरत गोपाली उपाध्यक्ष निरोज प्रधान, सदस्य सानोभाई कार्की, राममाया केसी, डाक्टर रिनेश अधिकारी, रेडक्रसकी स्वयंसेवक रुना खत्रीलगायतकाको आतिथ्य रहेको थियो ।