nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाँजा र अफिमसहित नामटारको काँशघारीबाट २ जना पक्राउ

Gaja-1502708623.jpg

प्रहरीले लागुऔषध गाँजा र अफिमसहित ३० साउनमा  भिमफेदी गाउँपालिकाका २ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गाँजाको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई भिमफेदी गाउँपालिका वडा नम्बर ९ काँसघारीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भिमफेदी गाउँपालिकाको वडा नम्बर ९ मा बस्ने २९ वर्षीय खड्गबहादुर मोक्तान र सोही ठाउँमा बस्ने २८ वर्षीय सुदिप लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी चौकी भैसेबाट खटिएको सयुक्त चेकिङ टोलीले काँसघारीस्थित सडकमा नामटारबाट हेटौडा तर्फ आउँदै गरेको ना।१६ प।६५५२ नम्बरको मोटरसाईकल जाँच गर्दा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मोक्तानले बोकेको झोलाबाट अबैध लागूऔषध गाँजा ८ किलो ३ सय ग्राम र उनले नै बोकेको अर्को झोलाबाट ७ किलो १२० ग्राम गाँजा बरामद भएको थियो ।

त्यस्तै सुदिपको साथबाट गाँजा ७ किलो १ सय ग्राम तथा पहेँलो रङको प्लाष्टिकको डिब्बा भित्र लुकाई छिपाई ल्याएको लागुऔषध अफिम १ किलो २ सय ग्राम फेला परेको थियो । दुबै जनाको साथबाट जम्मा गरी २२ केजी ५ सय २० ग्राम गाँजा र १ केजी २ सय ग्राम अफिम बरामद भएको छ । 

पक्राउ परेकालाई मोटरसाईकल सहित लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धानको लागि सम्मानित जिल्ला अदालत समक्ष म्याद थपको निम्ती पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।