nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गणतन्त्र दिवसमा थाहानगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

MUN-N-1558005589.jpg

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको संयोजकत्वमा नगरपालिकामा भएको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । 

११ औं गणतन्त्र दिवसको अवसरमा यहि जेठ १४ देखि १६ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रातर्फ एकसय, दुईसय, चारसय र आठसय मिटर दौड प्रतियोगिता हुने भएको छ भने १ हजार पाँचसय मिटरको दौड भने छात्रतर्फ मात्र हुने भएको छ । 

१००x४ र ४००x४ मीटरको रिले दौड प्रतियोगिता पनि हुने भएको छ । त्यस्तै छात्र र छात्रा सहभागी हुनेगरी हाइजम्प, लङजम्प र त्रिपल जम्प प्रतियोगिता र  छात्र छात्रा सटफुट प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा आयोजना गरिने मेयरकप भलिबल प्रतियोगिता पनि छात्रछात्राकै गरिने छ । 

प्रतियोगिता संचालनको लागि शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सानोभाइ कार्की, सूर्यप्रसाद घिमिरे, सुरेन्द्रमान धान, राजेश केसी, अञ्जना लोहोनी र सदस्य सचिव थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने रहेका छन । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)