nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

खोलाखर्कको अग्नि पीडितलाई सहयोग

RKK-1524800304.jpg

कैलाश गाउँपालिका वडा नं. १ खोलाखर्कका अग्निपीडित कुमार गुरुङको परिवारलाई कैलाश–५का युवाहरुले सहयोग गरेका छन् । कैलाश–५का वडा अध्यक्ष छेकु लामा र सामुदायिक सेवा केन्द्रका सदस्य समेत रहेका कैलाश–५ कै कमल लामासहितको युवाहरुले आफ्नै पहलमा रकम संकलन गरी अग्नि पीडितलाई सहयोग गरेका हुन् । 

बिहीबार कैलाश–५का वडा अध्यक्ष छेकु लामाको नेतृत्वमा गएको टोलीले अग्नि पीडित बसेकै ठाउँमा गएर नगदसहित राहत सामग्री हस्तान्तरण गरेको  हो । राहतस्वरुप प्रदान गरिएको सामग्रीहरुमा चामल २ बोरा, दाल ५ केजी, चिउरा १० केजी, मस्यौरा ५ केजी, नून २ केजी, मसला १ केजी, सावुन आधा दर्जन, चिनी २ केजी, मालमोठ १ केजी रहेका छ । त्यस्तै जुस २ प्याकेट, तेल १ कार्टुन, थाल आधा दर्जन, कचौरा आधा दर्जन, बाल्टिन १ थान, डाडु १ थान, पन्यू १ थान, डेक्ची १ थान, कराइ १ वटा, गिलास आधा दर्जन, जग १ वटा प्रदान गरिएको छ ।  

गुरुङ परिवारको सबैलाई पुग्नेगरी २–२ जोर कपडा, ३ थान कम्बल, तन्ना लगायत कपडासमेत प्रदान गरिएको कमल लामाले बताए । राहत सामग्री हस्तान्तरणमा कैलाश १ का वडा अध्यक्ष पेमा लामा, प्रहरी चौकी डाँडाखर्कका प्रमुख जिवछकुमार शर्मा, गोगने स्वास्थ्य चौकीका प्रमुख बलबहादुर राई उपस्थित थिए । सो क्रममा वडाअध्यक्ष पेमाले पाँच हजार र स्वास्थ्य चौकी प्रमुख बलबहादुरले एक हजार पाँच रुपैया अग्नि पीडितलाई प्रदान गरेका थिए । 

राहत टोलीमा सुन्दर तितुङ, देवा लामा, सञ्जय मोक्तान, देवराज गोले, मिलन लामा, कृष्णबहादुर गोले, युवराज गुरुङसमेत थिए । त्यस्तै एमाले जिल्ला कमिटी सदस्य कालु ढकाल, माओवदी केन्द्र जिल्ला कमिटी सदस्य लालसिं गुरुङ, एमाले कैलाश गाउँ कमिटी सचिब झविन्द्र थोकर र शान्तिपुर दैनिकका सम्पादक कुमार नेगी टोलीमा सहभागी थिए । 

कैलाश–१ खोलाखर्कका कुमार गुरुङको घर गत ८ बैशाखमा आगलागीमा परेको थियो । आगलागीमा परी उनको ६ महिनाको बच्चाको मृत्यु हुनुको साथै घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)