nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

खास प्रेम के हो अनि किन गरिन्छ ?
सिम्रन खड्का

  • सिम्रन खड्का

संसारमा सबै कुराको परिभाषा दिन सहज र सजिलो छ र सकिन्छ पनि । कुन कुरालाई कुन शब्दले वर्णन त्यसमा मिठास भरिन्छ त्यस्लाइ नै निर्देशित गरेर हरेक कुरालाई परिभाषित गरिन्छ। जति सहज र सजिलो अरु कुरालाई परिभाषित गर्न सकिन्छ प्रेम मात्र एउटा यस्तो चिज हो जस्लाइ धेरैभन्दा धेरै शब्दले परिभाषित गरे पनि पुर्ण रुप दिन सकिएको छैन। र,  यहि पुर्ण हुन नसकेको शब्द हो प्रेम । र यो पनि होकि प्रेम मात्र एउटा यस्तो शब्द हो जस्को चर्चा संसारमै धेरै हुन्छ। सबै कुराहरुलाई तर्क दिएर त्यस्लाइ मुर्त रुप दिए पनि कुनै यस्ता वैज्ञानिक वा दार्शनिक  छैन प्रेम यहि नै हो भनेर भनेका छन।

भनिन्छ, जीवनमा सबै कुरा को अन्त्य सम्भव  छ तर प्रेम को अन्त्य कहिले सम्भव छैन । प्रेम नै सन्सार को लागि सबै कुरा हो । आँखा नदेख्ने मेरो हजुरबुबाको लागि प्रेम आँखा हो । पोहोर मात्र दुर्घटनामा परि आफ्नो खुट्टा गुमाउनु भएको पल्ला घरे दाइको लागि प्रेम खुट्टा हो। आफू लाई कमजोर अनि दुखी महसुस भएको बेला कसैको साथ र सहानुभूति पाउनु प्रेम हो जुन म तिमीबाट हरबखत आश गरिराख्छु। प्रेम जीवन बाच्ने आधार हो । प्रेम जीवन मात्र होइन प्रेम जीवन दर्शन हो प्रेम सम्मान हो। प्रेम तपस्या हो प्रेम त्याग पनि हो र प्रेम हृदयबाट आउने एउटा मीठो अनि कोमल अनुभुती पनि हो। सबै मानिस सबै कुरा ले सम्पन्न हुन सक्दैन कहिले पनि तर सबै कुराबाट उ विपन्न छ तर उ सङ्ग  प्रेम छ भने संसारको सबै भन्दा धनी मानिस त्यही हो। त्यसैले भनिदो रहेछ प्रेम नै सबै थोक हो । र यो पनि भन्छु कि प्रेम एउटा यस्तो चिज हो जस्ले हरेकको जीवनमा सुगन्ध थपी रहेको हुन्छ। जीवन लाई एउटा फुल मान्नेले प्रेम त्यसको सुगन्ध हो। प्रेम विनाको जीवन सुगन्धरहित फुल हो जसलाई जस्लाइ हर कोहिले स्विकार्न मन गर्दैन।

फुल ले प्रशमसाको लागि कहिले सुगन्ध दिदैन तर पनि विना सर्त सुगन्ध छरेर सुवास दिई रहन्छ । त्यसैले मेरो विचारमा प्रेम पनि विना सर्त हुन जरुरी छ।कसैले मागोस वा नमागोस कसैले प्रेम देओस वा नदेओस कसैले आफ्नो मायाको कदर गरोस वा नगरोस कसैले चाहोस वा नचाहोस तर आफू ले गर्ने प्रेम सधै निरन्तर हुन जरुरी छ।किन कि प्रेम प्रेम हो कोमल हृदयबाट आउने प्रेमलाई हर कोहिले नचाहदैमा वा रोक्न खोज्दैमा रोक्न सकिन्न। प्रेम त निरन्तर प्रवाह भैरहन्छ आफ्नो हृदयमा बसेको मान्छे सङ्ग त्यो पनि विना सर्तमा। म भित्र को मात्र होइन हर मानव  भित्रको प्रेम अन्त्री भएको दिन मानव हुनुको गुण समाप्त हुन्छ।

आखिर के हो त प्रेम ?

प्रेम त्यो चिज हो जुन एउटा् सिङ्गो रुख ले जरालाइ गर्छ,प्रेम त्यो चिज हो जुन चराले आफ्नो गुड सङ्ग गर्छ। प्रेम त्यो पनि हो दिन भरी अरुको भारी बोकेर आफ्नो जिविकोपार्जन गर्ने भरियाले साझ आफ्नो नाम्लोलाई सुम्सुमाएर जतन सङ्ग राख्छ त्यो हो प्रेम। प्रेम त्यो पनि हो एउटा किसानले आफ्नो हलो सङ्ग गर्छ। अनि फेरि खोला र समुन्द्रको प्रेम हेर्नुस सधै हजारौं माइल दौडदै बाटोमा  आइपर्ने व्यबधानहरुलाई पन्छाउदै जसरि नि पुग्छ खोला समुन्द्र भेटनलाई, प्रेम यो पनि हो एउटा गायक ले आफ्नो स्वर सङ्ग गर्छ, प्रेम यो हो संगीतकारले आफ्नो धुन सङ्ग गर्छ। प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई त्यसैले उ भनिरहेको हुन्छ  जबसम्म तिमी छौ म बलिरहन्छु। र, प्रेम यो पनि हो जुन म तिमीलाई गर्छु। अन्तर कुनाबाट प्रकट भएको प्रेम जहाँ म तिमी लाई हरबखत सम्मान गर्छु र भनिरहन्छु तिमी छौ र त म छु आफू भित्र को सपनाहरुलाई उजागर गर्न सक्छु र अथाह माया गर्ने छु। चाहे एकतर्फी नै किन नहोस तर म सधै प्रेम गरि रहन्छु तिमीलाई प्रेमको महत्त्व हरेक ठाउँमा अनि हरेक समयमा झल्किन्छ । र म त्यो प्रेम सधैं झल्काइ रहन्छु।

तर आजभोलि किन यस्तो लाग्दै छ कि आजकलको प्रेम मा भ्रम धेरै सृजना हुँदैछ। आजकलको प्रेम मनदेखि नभइ देखासिकीमा हुने गरेको पाएको छु। प्रेममा मनको असर भन्दा पनि बाहिर कुरा हरु धन सम्पती रुप आर्थिक अवस्थालाई हेरेर प्रेम गर्ने प्रचलन बढेको छ ।

अर्को अर्को कुरा मान्छे एउटा नमिठो भ्रम मा परेको हुन्छ्न,आफुले मन पराएको मान्छे लाई प्राप्त गर्नु नै प्रेम् हो भन्ने भ्रममा आजको मान्छे फसेका छन। यदि तिमी अरुलाई प्रेम गर्छौ भने पहिले आफूलाई प्रेम गर यो नै प्रेमको सुरुवात हो ।अरुलाई प्राप्त गर्न प्रेम को पछाडी नदौड । वास्तवमा हामी सानो सानो कुरामा मन दुखाइ रहन्छौ । कसैबाट धेरै कुराको आश राख्दछौ अझ भनौ आफुले जति अरुलाई प्रेम गर्छौ उ बाट पनि त्यति नै प्रेम हाशिल होस भन्ने चाहान्छौ, तब हाम्रो त्यो चाहाना पूरा हुन्न अनि हामी बहकिन्छौ । तर अरुले आफुलाइ प्रेम गरेन भनेर पीडित हुनु मिथ्या प्रेम हो, प्रेम को बद्ला प्रेम नै खोज्नु पनि बेक्कारको प्रेम हो, प्रेम माग्नु तर प्रेम नदिनु पनि मिथ्या प्रेम हो। प्रेम लिने कुरा होइन दिने कुरा हो । प्रेम को बदला प्रेम माग्नु भनेको व्यापार हो । प्रेममा दुवै जना माग्ने माग्ने होइन दुवै जना दिने हुनु पर्छ। प्रेम दुर्इ आत्माको मिलन हो भन्छन प्रेमीहरु तर मिलन मात्र प्रेम हो भन्नू प्रेमप्रतीको भ्रम हो। मिलन एउटा पाटो हो प्रेमको तर पूर्णता होइन । संसारमा आफ्नो खुसीमा भन्दा बढी अरु को खुशी मा खुशी हुन सक्नु नै प्रेम हो। प्रेम भनेको त्याग र बलिदान हो ।

हिन्दु धर्म का कथा हरु मा भगवान श्री कृष्ण ले राधा को प्रेम मा परेर पनि १६ हजार एक सय सात जना गोपिनीहरु बिहे गरे तर आफूले चाहेको र माया गरेको राधालाई कहिले आफ्नो बनाउन सकेनन् ।

सेन्ट भ्यालेनटाइनले पनि प्रेम कै निमित्त आफूलार्इ समर्पण गरेको कारण फेब्रुअरी १४ अर्थात आज कै दिन संसार भर भ्यालेनटार्इन दिवस अर्थात प्रणय दिवसको रुपमा युवायुवतीले उनलाई सम्झने गरेका छ्न।। मलार्इ लाग्छ प्रेम सत्री हो मानिस रुपि जीवनको मिठो भोगाइ हो प्रेम,साहित्यमा भेटिने मिठो रस हो प्रेम  तर पनि विभिन्न चरण र बाध्यतामा परेको हुन्छ प्रेम, आमाले छोरालाई गर्ने प्रेम, दाजुभाइ बिचको प्रेम दिदीबहिनीको प्रेम साथीसंगको प्रेम अनि तिम्ले मैले अनि तिम्ले मैले गरेको प्रेम। जति पनि प्रेमलाई हामीले नियाल्ने कोसिश गरेमा हरेक कुरामा माया तथा आत्मीयता पाउछौ। त्यसैले प्रेम एक महान सत्य हो आज प्रणय दिवस धेरै प्रेमी प्रेमिकाहरु आजको दिन सुगम बनाउने मुडमा होलान र हुन्छन पनि तर । 

आजको दिन सुगम बनाउदैमा आजको दिन प्रेममय बनाउदैमा प्रेमको महत्त्व बुझिन्छ रुरु
सबै प्रेमिल मनहरु लाई शुभकामना ❤️ ।