nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

क्यान्सरपीडित गमाललाई गायक उप्रेतीको सहयोग

aaa-1504838365.jpg

क्यान्सरपीडित सरोजकृष्ण गमाललाई थाहा नगरपालिका वडा न ६ का लोक गायक मुक्तिनाथ उप्रेतीले ६ हजार रुपैया सहयोग गरेका छन् । उप्रेतीले बिरामीलाई भेटेर उक्त रकम सहयोग गरेका हुन् ।

दुई बर्षदेखि छातीको क्यान्सरले पीडित गमालले ललितपुरको जावलाखेलस्थित नेशनल क्यान्सर हस्पिटलमा उपचार गर्दै आएका छन् । मकवानपुर थाहा नगरपलिका ९ चित्लाङ् घर भएका गमालको आर्थिक अबस्था कमजोर भएकाले ४ बर्षकी छोरीलाई बिद्यालयमा भर्ना समेत गर्न पाएका छैनन् । क्यान्सरपीडित गमालको थप उपचारका लागि अहिलेसम्म २ लाख ९ हजार १०७ रुपैया सहयोग संकलन भएको छ ।

संकलित रकम बिरामीकी पत्नी अम्बिका गमालको नाममा रहेको बैंक खातामा जम्मा गरिएको छ ।