nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

को होला ‘थाहा आइडल’ ?
थाहा महोत्सव सकिदैः प्रवेश निःशुल्क

थाहा आइड (एकल नृत्य र एकल गायन) को आज ९ असोजमा घोषणा हुने भएको छ । थाहा आइडलको अन्तिम स्पर्धाको लागि नृत्यतर्फ संस्कृति लामा, स्वेता तामाङ, उर्मिला तामाङ, एलिना राणमगर, सुरज मोक्तन र रोशनी तामाङ भिडेका छन् । नृत्य तर्फको निर्णायक वरिष्ठ नृत्य निर्देशक गोविन्द राई नव क्षितिज कला केन्द्रका निर्देशक विजय श्याम आमात्य रहेका छन् ।
त्यसैगरी एकल गायनमा विनिता गोपाली, देमन्त गोपाली, आयुस गोपाली, सर्मिला स्याङ्तान, र रोशन तामाङ र शुसाल थोकरबीच स्पर्धा भएको हो । गायन तर्फको निर्णायक भने गायक जीवन परियार र गायक तथा संगीतकार संगीतकार टंक बुढाथोकी छन् । 
थाहा आइडलको गायन र नृत्यतर्फ क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले नगद रु ३० हजार, रु २० हजार, १० हजार र ५ हजार तथा शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी नृत्यतर्फ आइडल घोषणा हुनेलाई नव क्षितिज कलाकेन्द्रको तर्फबाट म्जुजिक भिडियोमा खेल्ने अवसर दिइने कलाकेन्द्रका निर्देशक विजय अमात्यले बताए । 

थाहा महोत्सवमा प्रवेश निःशुल्क

थाहा महोत्सवको अन्तिम दिन ९ असोजमा सर्वसाधारणलाई प्रवेश निःशुल्क गरिने आयोजक थाहानगर उद्योग वाणिज्य संघले जनाएको छ । महोतसवको ९ असोजमा उदोग वाणिज्य संघ मध्यामाञ्चल अध्यक्ष अरूणराज सुमार्गी समापन गर्ने कार्यक्रम रहेको छ ।
इन्द्रायणी चौरमा २८ भदौबाट शुरु भएको महोत्सव ९ असोजमा समापन हुँदैछ । थाहा महोत्सव अवधिमा दिनदिनै विशेष राष्ट्रिय कलाकारहरुको साथमा संचालन भएको थियो भने महोत्सवमा विभिन्न स्टलहरु मार्फत अवलोकनकर्ताहरुले सामाग्रीहरु खरिद पनि गरेका थिए ।