nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोरोना नियन्त्रणका लागि ७४ जिल्लामा निषेधाज्ञा

nished-1621246996.jpg

 कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल
मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौं’ उनले भनिन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)