nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कोदारी नाका छिट्टै खुल्छ : अरु नाका पनि खोलौँ : चीन

Chin-1482203975.jpg

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभागका प्रमुख लिउ छिपाओले भूकम्पपछि बन्द कोदारी राजमार्ग जतिसक्दो छिटो सञ्चालन गरेर नेपाल–चीन सम्बन्धको आधारलाई संरक्षण गर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी कोदारी नाका दिगो सञ्चालन हुने गरी पुनर्निर्माण आरम्भ गर्न आफ्नो सरकार लागि परेको जानकारी दिएको छ । उनले नेपालको पूर्वाधार विकासमा चीनले निरन्तर सहयोग गर्दै जाने बताए ।

लिउले नेपाल र चीन जोड्ने नकाबारे चीन अत्यन्तै सकारात्मक रहेका र क्रमैसँग जतिसक्दो धेरै नाका खोलेर काम अघि बढ्नुपर्नेमा जोड दिए । लिउले नेपालको जस्तो सुकै विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको भेटवार्तामा बताएका थिए ।आजको कान्तिपुर दैनिकमा खबर छ ।