nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

के पत्रकारले राजनिती गर्नहुन्छ ?

ssssssssss-1607682645.jpg

सामाजिक सञ्जालमा बारम्बार पोष्ट हुने प्रश्न हो,पत्रकारले राजनिती गर्नु हुन्छ कि हुदैन ? बहस आजसम्म कसैले गरेको छैन तर प्रश्न पत्रकारले समाचारमा राजनित गर्नु हन्छ कि हुदैन भन्ने हुनुपर्ने हो । कुनै पनि पत्रकार विचार शुन्य हुन पनि सक्दैनन् । विचार नभएको व्यक्ति पत्रकार शुन्य हुन पनि सक्दैन । राजनिति विचार,सिद्धान्त हुदै अन्तत :समाजसंग जोडिन्छ र पत्रकारिता पनि यसैतर्फ लक्षित हुन्छ ।उदेश्का हिसाबले पनि राजनिति र पत्रकारिता उस्तै देखिन्छन ।सकारात्मक परिवर्तनका लागि दुबैको सक्रियता हुने गरेको छ र हुनुपर्छ ।

त्यसो भए पत्रकारले राजनिती गर्न हुन्छ गर्न हुन्छ कि हुदैन रु पत्रकारले राजनिति गर्न हुन्छ तर समाचारमा राजनिती  गर्न हँुदैन । राजनिति गर्नु अर्मुत विषय हो, समाचारमा राजनिती गर्नु मुर्त विषय र व्यवसायिकताका नाममा होस् या अन्य कुनै सन्र्दभमा विचार शून्य रहेर मान्छे रहन सक्दैन ।खेलमा त हामि स्वभाविक रुपमा एक टिमको पक्षमा हुन्छौ,त्यसैले दृष्टिकोण दिने बेलामा व्यक्ति एउटा निश्कर्षमा पुग्छ,विचार दिन्छ,पक्षधर देखाउछ ।त्यो उसले तत्काल बुझेको,भोगेको र देखेको आधारमा पनि हुन सक्छ ।

हामिले राजनितीलाईकुनै अमुक दलको विचारको पक्षमा लाग्नु र वकालत गर्नुका रुपमा बुझ्ने गरेको कारणले समस्या आएको देखिन्छ । पत्रकार मात्र होइन जुनसुकै पेसा व्यवसाय वा पेसामा संलग्न व्यक्तिले राजनिति गर्न पाउनुपर्छ । यो उसले पाएको संबैधानिक हक पनि हो । प्रश्न यतिमात्र होकि उसले राख्ने दलिय झुकाबले उसले अंगाल्ने पेसा,सेवा,व्यवसायमा असर पारेको  छकि छैन रु चिकित्सकले भिन्न राजनितीक विचार भएकाको उपचार गर्दिन भने,न्ययायधिशले वैचारीक आस्थाका आधारमा कानुन र प्रमाण व्याख्याको धर्म छोड्यो भनेनिश्चय पनि दुर्भाग्यपुर्ण हुन्छ ।त्यस बेला उनिहरुले साँचो अर्थमा राजनिति गरेको ठर्हछ । तर पेसागत मर्यादा कायम राखेर कुनै दल विशेषको वकालत गर्छ र विचारको प्रर्वद्धन गर्छ भने उसलाइ आस्थाको बन्दीको रुपमा व्याख्या गरिनू हुदैन।

फेरि पनि प्रश्न उठ्छ,के त्यसो भए पत्रकारले राजनिती गर्नु हुन्छ रु यो प्रश्न आफैमा अपुर्ण छ । समाजमा पत्रकारमाथि गरिने यो प्रश्न नै अर्मुत छ। यसको कारण पत्रकारिता पेसामा बारम्बार प्रश्न उठेका छन। पत्रकारले राजनिती त्यसबेला छोड्नु पर्छ जब उ समाचार तयार गरिरहेको हुन्छ। कुनै दल विशेषको पुर्णकालिन कार्यकर्ता समेत सुचना प्रवाहमा पक्षधरताभन्दा माथि उठ्न सक्ने ल्याकत राख्छ भने,पत्रकारिता प्रतिको लगाब र पेशागत मर्यादामा प्रश्न उठाइनुहुन्न। पत्रकारिता पेसा अङगालेरै जीविका चलाउने व्यक्ति पत्रकार हुन भन्ने मान्यता हामिकहाँ छ। त्यस अर्थमा उसको जिविकोपार्जनको अवस्था र आधारमा पत्रकार,राजनितीज्ञ या अन्य पेसाकर्मी छुट्टयाइयो भने पत्रकार माथि लाग्ने गरेको बारम्बारको राजनितीक पक्षधरता अभियोगबाट मुक्ति मिल्न सक्छ। कुनै दल विशेषलाइ भोट हालेको,त्यसको भातृ संगठनमा संलग्न भएर फुकाब राखेको आधारमा पत्रकारलाइ आस्थाको बन्दी मान्न मिल्दैन। समाचार कक्षमा प्रवेश गर्दा दल निकटस्थ या अन्य आस्थारुपी जुत्ता मात्र होइन चस्मा समेत फुकाल्न सक्ने अवस्थामा रहेसम्मका पत्रकारलाई राजनितिज्ञका रुपमा चित्रित गरिनु हुन्न ।

पत्रकारले कुन हदसम्मको मर्यादा र नैतिकतामा रहने भन्ने प्रचलित कानुन,आचारसंहिता,निति लगायतले व्याख्या र व्यवस्था गरेका छन्। त्यसको मर्यादा र सीमामा रहेर व्यवसायिकता प्रदर्शन गर्न सके दलिय निकटता या समाचारकक्ष बाहिर दल विशेषको वकालत गरेकै आधारमा पत्रकारलाइ नेता र राजनितिज्ञको दागबाट मुक्त हुन सक्छन। मुल मन्त्र यति मात्र होस'पत्रकारले समाचारमा राजनिती गर्नु हुदैन' ।पत्रकारका नाममा गरिने राजनिती विवेचनायुक्त हुन सक्ला तर समाचारमा गरिने राजनितीलाई भने पुर्णरुपमा अस्वीकार गरिनुपर्छ । पत्रकार बन्नु अघि र पत्रिकार भैरहदा समाचारमा राजनिती गर्छ भने त्यो जनता,समाज,व्यवस्था र प्रचलन माथिको अपराधहुन्छ । त्यसैले पत्रकार राजनीति बाट होइन अपराध गर्नुबाट बच्नुपर्छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)