nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

केशवलाल स्मृति जिल्ला स्तरीय भलिवलको उपाधि थाहालाई

volleyball-1024x576-1569128776.jpg


हेटौंडा ५ भदौ,केशवलाल श्रेष्ठको स्मृतिमा हटिया स्र्पोट्स एकेडेमीले आयोजना गरेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थित हटियाको नेपालचौरमा भएको जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिका खेलकुद विकास समितिले जितेको छ ।
उपाधिका लागि शनिबार भएको खेलमा थाहानगर भलिबल टिम बज्रबाराहीलाई २५/२३, २५/२१ र २६/ २४ को सोझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले उपाधि हात पारेको हो । जितसंगै थाहानगर खेलकुद विकास समितिले नगद ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता बज्रबाराहीले ४० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाहा नगरपालिका खेलकुद विकास समितिका सविन कार्की घोषित हुँदा उत्कृट ब्लकर, सेटर र प्रशिक्षक समेत थाहा नगर खेलकुदले नै पायो । ब्लकर किरण गिरी, सेटर सुशील लो र प्रशिक्षकको पुस्कार शंकर कार्कीले पाएका हुन् ।

उत्कृष्ट स्पाइकर थाहानगर भलिबल टिम बज्रबाराहीका बलराम सुवेदी घोषित भए । सर्वोत्कृट खेलाडीले नगद ५ हजार र अन्य उत्कृष्टले जनही २ हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा जिल्लाका १३ टिमले सहभागिता जनाएका थिए ।