nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

केबलकारको लुट धन्दा अझै जारीः मन्त्रालयको निर्देशन मान्दैन केबलकार

Chandra-giri-corruption-1482462342.jpg

काठमाडौं /उपत्यकाको चन्द्रागिरि डाँडामा सञ्चालित चन्द्रागिरि केबलकारको लुट धन्दाको सरकारले अनुगन थालेको छ । केबलकारले सर्वसाधारणलाई दिनदहाडै ठग्न थालेपछि सरकारी निकायले अनुगमन सुरु गरेको हो ।
केबलकार सञ्चालन गरेपछि सुरुका दिनमा चन्द्रागिरि हिल्स प्रालिले केही चर्चा कमायो । त्यही चर्चाका पछि राज्यका जिम्मेवार व्यक्तिले समेत वाहवाह गरे । तर, यसका सञ्चालकले जनतालाई कसरी मुर्गा बनाइरहेका छन् भनेर पत्तै पाएनन् । जनताको गुनासो थेग्न नसकेपछि आपूर्ति मन्त्रालयले बल्लबल्ल अनुगमन ग¥यो । अनुगमन टोलीले दुई पटक अनुगमन गर्दा सच्चिने मौका पनि दियो । तर, अझै केबलकारको लुट धन्दा रोकिएको छैन ।

चन्द्रागिरि हिल्स प्रालिले पर्यटनको विकास गर्ने वहानामा चन्द्रागिरि डाँडामा विभिन्न मन्दिर बनाइरहेको छ । सो वापत उसले ४० वर्षसम्म सो क्षेत्रको जग्गा पनि भोगचलन गर्नेछ । केबलकार सञ्चालन प्रारम्भमा यसरी ठगी गरिरहेको चन्द्रागिरि हिल्स प्रालि न समुदायमा आधारित बन्न सकोको छ, नत सरकारमुखी नै । यसले सुरुमा पर्यटनको विकास गर्ने र त्यसले राज्यलाई ठूलै योगदान हुने हावादारी गफ दिएको थियो । त्यसैको पछि लागेका सरकारी निकायले चन्द्रागिरि हिल्स प्रालिले यस्तो ब्रह्मलुट गरिरहँदा पनि कारबाही गर्न सकेको छैन ।
चन्द्रागिरि हिल्स प्रालिले केबलकार सञ्चालन गर्न ७ सय २० रोपनी जग्गा भाडामा लिएको थियो । पहिलो कुरा त सो चन्द्रागिरि हिल्स प्रालिले जग्गा भाडामा लिँदा नै राज्यलाई डुबाएको छ । काठमाडौं उपत्याकाको बसाइ यति महँगो छ कि एक फ्लाट मात्रै भाडामा लिने हो भने मासिक २० हजारको हाराहारी पर्छ । तर, केबलकार सञ्चालकले मासिक १५ हजार भाडा तिर्ने गरी सिंगै डाँडा आफ्नो हात पार्न सफल भएका थिए । पहुँचका भरमा त्यति धेरै जग्गा कौडीको मोलमा भाडामा लिएको चन्द्रागिरि हिल्स प्रालिले सरकारी अधिकारीलाई पनि खल्तीको ठान्ने गरेका छन् । त्यही भएर पनि सरकारी अनुगमन टोलीको निर्देशनलाई सिधै लत्याइरहेको छ ।
चन्द्रागिरि हिल्स प्रालिले बारम्बार ठगी गरेको जानकारी पाएपछि आपूर्ति मन्त्रालयले दुई पटक अनुगमन गरेको र सच्चिन निर्देशन दिएको मन्त्रालयका उपसचिव लक्ष्मण श्रेष्ठ बताउँछन् ।


मन्त्रालयको निर्देशन मान्दैन केबलकार
दुई पटक गरिएको अनुगमनपछि चन्द्रागिरि हिल्स प्रालिलाई तत्काल चन्द्रागिरिमा भइरहेको खाद्यान्नको कालोबजारी रोक्न निर्देशन दियो । तर, मन्त्रालयको निर्देशन चन्द्रागिरि हिल्स प्रालिले मानेको छैन । आपूर्ति मनत्रालय स्रोतका अनुसार अनुगमनमा कर्मचारी जाने थाहा पाएपछि चन्द्रागिरि हिल्स प्रालिका सञ्चालक चन्द्र ढकाल आफंै केबलकार पुग्ने गर्छन् । उनले अरूबेला जस्तै ससम्मान कर्मचारीलाई फकाएर केही नभएको जस्तो बनाएर पठाउने गरेका छन् । ढकालको कुरा सुन्न नचाहने कर्मचारीलाई जागिर खाइदिने सम्मको धम्की दिने गरेको स्रोतले जनाएको छ । दिनदहाडै ब्रह्मलुट मच्चाइरहँदा पनि सरोकारवाला निकाय तैंचुप मैंचुप भएका छन् । ब्रह्मलुटको पनि सीमा हुन्छ । ब्रह्मलुट गर्नेले पनि लुकिछिपी गरेको हुन्छ । अर्बाै खर्च गरेर जनतालाई ठगी गरिरहँदा भ्रष्टचारविरुद्ध चर्का नारा उराल्नेहरू पनि ब्रह्मलुटवालाको पछि लागेका छन् ।हिमगाथा न्यूज डटकमबाट