nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीलाई रनिङ शिल्ड प्रतियोगिताको उपाधि

62647086_2460860287504775-1562474216.jpg

दोस्रो गाउँपालिका प्रमुख रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं २ कुलेखानीले हात पारेको छ । इन्द्रसरोबर गाउंँपालिकाको आर्थिक सहयोगमा इन्द्रसरोबर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा वडा नं ४ फाखेल दोस्रो र वडा नं ५ चखेल तेस्रो हुन सफल भएको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुुख आतिथ्यता तथा उपाध्यक्ष उमा कुमारी लामाको विशिष्ट आतिथ्यता शुक्रबार प्रतियोगिताको समापन कार्यक्रम गरेको थियो ।
प्रतियोगितामा प्रथम द्वितिय र तृतिय भएका टिम तथा वडालाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिएको थियो । वडा स्तर हुँदै गाउँपालिका स्तरमा खेलेका समुहहरुबाट उत्कृष्ट खेलाडीहरु छनौट गरी ३ महिना तालिम प्रदान गरे पश्चात जिल्ला स्तरको खेलमा सहभागी गराउने योजना रहेको इन्द्रसरोबर युवा तथा खेलकुद बिकास समितिको अध्यक्ष रत्न थापा मगरले बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।