nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुलेखानीमा टाटासुमो दुर्घटना, एकको मृत्यू [अपडेट]

मकवानपुरको कुलेखानी गाविस वडा नम्बर ६ हेबीमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । १४ मंसीर साँझ भएको दुर्घटनामा परी हेटौंडाका अन्दाजी ३५ वर्षिय उत्तर कुमार मोक्तान रहेको सिस्नेरी प्रहरी जानकारी दिएको छ । मोक्तान दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यू भएको हो । 

हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा १ ज  २९५८ नम्बरको टाटा सुमो सडक बाट करीब ५० मिटर तल खोलामा पुगेको छ । सुमोमा एक बालक सहित ११ यात्रु सवार रहेको सिस्नेरी प्रहरी प्रमुख देबेन्द्र राणाले जानकारी दिए ।

घाइतेको उपचारार्थ काठमाण्डौं पठाइएको सिस्नेरी प्रहरी प्रमुख राणाले बताए । 

-पुस्कल गोले सागर/कुलेखानी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)