nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कुखरेनी खोलामा पक्की पुल शिलन्यास

IMG_20170125_091738-1485420610.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १४ जोड्ने कुखरेनी खोलामा पक्की पुल निर्माणको सुरुवात गरीएको छ । आज जिल्ला बिकास समिति मकवानपुरले एक कार्यक्रमको आयोजना गरी पुलको शिलान्यास गरीएको हो । मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्बाचित ब्यबस्थापीका संसद अनन्त पौडेललेको पुलको शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै संसद पौडेलले हेटौंडा १२, १३, १४ र १५ नम्बर वडाको बिकासमा टेवा पुग्ने बताए । भौगोलिक रुपमा हेटौंडा बजारबाट नजिक भएपनि खोलामा पुल नहुँदा बर्षाको समयमा स्थानियलाई आवत जावतमा समस्या भएकोले पनि पुल निर्माण महत्वपूर्ण भएको उनको भनाई थियो । पुल निर्माणका लागि मकवानपुरका दलहरुको भुमिका भएको भन्दै धन्यबाद ज्ञापन गरे । मकवानपुरमा दलगत सहकार्य रहेकोले पनि बिकास निर्माण सहज हुने गरेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै संसद गणेश थापाले सबैको प्रयास बाट पुल निर्माण सुरु भएकोमा प्रशंसा गरे । यो उपलब्धीलाई कुनै ब्यक्ती विशेष र पार्टी बिशेषले मात्र जस लिन नहुने बताए । पुल निर्माण सरोकार समितिको संयोजक सोबिन थिङले कुखरेनी र बस्तिपुर मा पुल निर्माण सुरु भएको भन्दै अब नवलपुर र पदपपोखरी जोडने पुल पनि निर्माण गर्न पहल गर्न सभाषदहरुलाई अनुरोध गरे । स्थानिय बिकास अधिकारी नारायण मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण दुवाडि, नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीलगायतले बोलेका थिए ।

स्विस बिकासको प्राविधिक सहयोग मा नेपाल सरकारको प्रत्यक्ष लगानी पुलको निर्माण हुन लागेको हो । ५ करोड ९८ लाखको लागत अनुमान भएपनि टेण्डर प्रकृया अनुसार नागर्जुन शंकर मालिका जेबीले ४ करोड ६३ लाखमा निर्माणको जिम्मा लिएको प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सीनाले बताए । १०० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल २०७४ साल असोज २१ गते सम्पन्न हुने गरी निर्माण हुने सम्झौता भएको तिमल्सीनाले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)