nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कार्यक्रम प्रतिभाको आँगनमा पन्त प्रथम 

42299665_954111491444863_-1537677767.jpg

मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा रहेको माउन्ट एभरेष्ट ईङलिस बोर्डिङ् स्कुलमा भदौ २४ गतेबाट भएको प्रतिभाका आँगन कार्यक्रमको उपाधि सुदेशा पन्तले जितेकीछिन । फाईनल प्रतिष्पर्धामा १० जना प्रतियागीलाई पछि पार्दै पन्त प्रथम भएकी हुन । त्यस्तै प्रतियोगितामा दीक्षा प्रधान द्धितीय तथा मुस्कान श्रेष्ठ तृतीय भएकीछिन् । प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

लुजा आर्ट ग्रुपप्रा.लि.को आयोजनामा एन टिभी प्लसमा प्रसारण हुने कार्यक्रम प्रतिभाको आँगनले विद्यालयमै कार्यक्रम आयोजना गरेको थियो । । गत भदौ २४ गतेबाट सुरु भएको कार्यक्रममा ३१ जना छात्राहरुले अडिसनमा सहभागिता जनाएका थिए । सहभागी मध्ये २२ जना बीच आज प्रतिष्पर्धा गराईएकोमा १० जना सेमिफाईनलमा पुगेका थिए । १० मध्ये पन्तले उपाधि जितेकी हुन् । वालवालिकाहरुमा लुकेर रहेको प्रतिभालाई विद्यालय सम्मै पुगेर उजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको लुजा आर्ट ग्रुपप्रा.लि.का कार्यक्रम संयोजक ऋषिश्रेष्ठले बताए । 

कार्यक्रमको निर्णायकका रुपमा पदम श्रेष्ठले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रमभएको हो ।  फाईनल प्रतियोगता आगामी मंगलबार राति ९ बजेर ३० मिनेट पछि एनटिभी २ बाट प्रसारण हुने बताईएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)