nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

करोडौं युवाहरूको भिडमा एक सशक्त नाम हो ‘महेश बस्नेत’
-बाबु छत्कुली

Babau-1589763213.jpg

हामी सबैलाई थाहा छ, मानव शरिरको अस्तित्व मेरुदण्डले दिएको हुन्छ । अनि नेपाली राजनीतिमा नि ? प्रश्न उठ्न सक्छ । यसको जवाफ खोज्न हँिकतै जानै पर्दैन । अस्तित्वमा होइन र टेवा दिने जलन्त उदाहरण हुन महेश बस्नेत । त्यसोतः उनी नेपाली राजनीतिमा एउटा इतिहासको साक्षी समेत बनिसकेका छन् । वर्तमान अवस्थामा पनि नमूना काम गरेर नेपालकै सफल माननीय सांसद बनेको तथ्य हाम्रो सामु ऐना जस्तो प्रष्ट छ । पदको मोह कहिले नगर्ने उनको स्वाभवको बयान गरेर साध्य छैन् । बरु, मज्जाले प्रशंसा गर्न जो कोहीले सक्छन् । हो , यस्तै प्रशंसित व्यक्तिको पछाडि धेरै हुन्छन् र थिए पनि । तर यो कुरा पनि प्रमाणित भयो कि–‘जसले प्रशंसित व्यक्तिको खुट्टा तान्न थाल्छन्, उनीहरु त्यो खुट्टा भन्दापनि तल हुन्छन् र पो, खुट्टा भेट्छन् अनि तान्छन् । एक हुनहार नेकपाका कार्यकर्ता मात्र नभएर नेपाल र नेपालीको हितमा काम गर्ने, महेश बस्नेतलाई आज सक्काउनलाई ठुलो देशद्रोही र विदेशी एजेण्डहरुको लर्को लागि रहेको  थियो, यो सबै सामु स्पष्ट छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा राख्ने निर्णय गरेको हो । काठमाडौंका सह–न्यायाधिवक्ता नुमराज खनालले भने, ‘अहिलेको अनुसन्धानबाट पुष्टि हुने अवस्था देखिएन त्यही भएर दरखास्त तामेलीमा रहने भएको हो ।’  यो भनाइबाट पनि प्रष्ट छ कि बस्नेतलाई सक्काउन कति खटिए भनेर । खैत प्रमाण ?  प्रमाण विना भुटुभुटीएर केही हुनेवाला छैन । आखिर महेश बस्नेत सत्यतामा थिए र उनकै पक्षमा निर्णय भयो । १४ वैशाखमा काठमाडौं प्रहरी परिसर टेकुमा गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको थियो । जाहेरी दिन बाबुराम भट्टराई समेत पुगेका थिए । यद्यपि सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद यादवको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो । यसकै आधारमा दर्ता भयो र २० दिनपछिको नतिजा सत्यको पक्षमा भयो । आखिर जनताका मान्छे जनताकै पक्षमा रहीरहे, प्रशंसितद भैरहे उनै महेश बस्नेत । 

अहिलेको अनुसन्धानबाट पुष्टि हुने अवस्था देखिएन त्यही भएर दरखास्त तामेलीमा रहने भएको हो ।’  यो भनाइबाट पनि प्रष्ट छ कि बस्नेतलाई सक्काउन कति खटिए भनेर । खैत प्रमाण ?  प्रमाण विना भुटुभुटीएर केही हुनेवाला छैन ।

जो सत्यको पक्षमा छ, सत्य नै निसाफ हुन्छ । आज तपाई हामीले यहि सत्यको जित भएको थाहा पाइसकेका छौं ।  नेपाली राजनीतिमा निकै चर्चामा रहेको अपहरण घटना तुरुन्तै सामसुम भएको छ । जनता समाजवादी पार्टीका सुरेन्द्र यादव आफ्नो दुनो सोझाउन सहि सलामतमा काठमाडौं आई सुविधा सम्पन्न होटेलमा सुविधा लिई बसेको सत्य थियो । बाबुरामको र भारतीय एजेण्टहरुको इसारामा लागेका उनहिरुको केही पिताम चलेन । राम्रो काम गरेको महेश बस्नेतलाई सक्काउन उनीहरुले चालेको सबैभन्दा ठुलो खेल खतम भएको छ । नेपाली राजनितिमा सत्यको जितको उदय भएको छ । सत्य आखिर सत्य नै भएर नतिजा आयो अब झुठको खेती कति दिन टिक्छ,  बाबुराम ? बाबुराम तिम्रो नौटकी नाटक गर्न छाड, तिम्रा असली रुप नेपाली जनताले प्रष्ट देखेका र भोगेका छन् । अब पनि यस्तै यस्तै गर्दै अगाडी बढी रहदा न बज्छ बाँसुरी न रहन्छ बाँस चेतना होस् बाबुराम तिमीलाई । ‘झुठो खेती सफल हुने भए दलाल जति सबैलाई सधै दिपावली हुने थियो ।’ यो त याद छनि ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको यो निर्णयलेले मुलुकको न्याय क्षेत्रमा विधीको शासन र कानुनको राज्य स्थापित गर्न कटिबद्ध रहेको स्पष्ट नजिर भएको छ । युवा आन्दोलनको पर्यायवाची, अराजकताको अन्त्य, युवा आन्दोलन्को प्रणेता  ‘युवाहरुको  रहर लाग्दो नेतृत्व गलत तत्वको लागि डर लाग्दो नेपाली जनताको भर लाग्दा’ सतिसाल झै अडिग अबिचलित हुन् नेता क. महेश बस्नेत सबैलाई चेतना भया ।