Sunday, 21st June, 2026
वि.स.

एसइई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Exam-1622477788.jpg

 सरकारले एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसइई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसइईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो सोही प्रस्तावका आधारमा शिक्षामन्त्रीले मन्त्रिपरिषद् मा प्रस्ताव पेस गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०