Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

एमाले अध्यक्ष ओलीले भने- 'सडक विस्तार गर्दा स्थानीयबासीलाई विचल्ली पार्नु हुन्न'

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने सहितको प्रतिनिधि मण्डलले २५ मीटर सडक विस्तारको विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आज भेट गरेकोछ । पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीको निवास बालकोटमा आज भएको छलफलमा हेटौडा बजार क्षेत्रको वीचबाट पूर्व पश्चिम राजमार्गका लागि भन्दै दायाँबायाँ २५ मीटर सडक विस्तार गर्दा त्यसबाट स्थानीय व्यावसायी, घरधनी लगायतलाई प्रत्यक्ष असरका बारेमा छलफल भएको थियो ।

भेटका क्रममा संघका अध्यक्ष न्यौपानेले हाल सम्म सरकारलाई राजश्व तिरिरहेको र सबैको हातमा लालपूर्जा रहेकोले सरकारले लिनु परेमा उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्नु पर्ने आफूहरुको अडान कायम नै रहेको बताए । प्रतिनिधि मण्डलसँग कुरा गर्दै अध्यक्ष ओलीले यस विषयमा आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरिसकेको र आजको भेटले आफू अझ प्रष्ट भएकोले यस विषयमा पुन प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।ओलीले भने-'सडक विस्तार गर्दा स्थानीयबासीलाई विचल्ली पार्नु हुन्न ।' बरु हुन सक्छ भने बजार क्षेत्र १५ मीटर र राजमार्गका लागि बेग्लै बैकल्पिक मार्ग उचित हुन सक्ने तर्फ सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने बताए ।

छलफल कार्यक्रममा संघका पश्चिमी क्षेत्र समितिका कोषाध्यक्ष कृष्णहरि बर्तौला, युवा समाजका अरुण गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg