Saturday, 12th September, 2026
वि.स.

एपीएफ पराजित, दाफिन्स सेमिफाईनलमा प्रवेश

क्यामारुनको दाफिन्स फुटबल क्लब मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । हेटौंडा वन विज्ञान खेल मैदानमा भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब लाई १-० गोल अन्तरले पराजित गर्दै दाफिन्स सेमिफाईनलमा प्रवेश गरेको हो ।

जितका लागि दाफिन्सका यान्निक ओहानाले खेलको ७९ मिनेटमा गोल गरेका थिए । खेलमा दाफिन्सका लागि गोल गर्ने यान्निक ओहाना म्यान अफ दी म्याच घोषित भएका थिए । प्रतियोगितामा विजेता प्रथम हुने टिमलाई ८ लाख र उपवजेता दोस्रो हुने टिमलाई ४ लाख रुपयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार रुपयाँ र विधागद उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २०/२० हजार रुपयाँ रहेको बताईएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा भूगर्भ समेन्ट रहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०