nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

एनसेलको टावर सुरक्षा दिँदै मकवानपुरका प्रहरी

Ncell1-1564636980-1564904939.jpg

बिहीबार राति मकवानपुर सहित देशैभरका एनसेल टावरमा आक्रमण भएपछि यतिबेला प्रहरीलाई टावरको सुरक्षा दिएर भ्याईनभ्याई भएको छ । सर्वसाधारणको शान्ति सुरक्षामा खटिनुुपर्ने प्रहरी यतिबेला एनसेलको टावरको सुरक्षामा व्यस्त छ । दिनरात नभनी एनसेलको टावरलाई प्रहरीले विशेष सुरक्षा दिइरहेको छ । टावरमा थप क्षति नपुगोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्ना सबै युनिटलाई एनसेल टावर केन्द्रीत गरेको छ ।

राज्यलाई बुझाउनुपर्ने कर नबुझाएको भन्दै पछिल्लो समय फेरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेलको टावरमा आक्रमण सुरु गरेको छ । यसअघि पनि पटक पटक एनसेललाई आक्रमण गरी क्षति पुर्याउँदै आएको थियो ।

‘कामै यही टावर रुङ्ने भएको छ । राति एउटा टोलीले सुरक्षा दिन्छ, दिउँसो अर्कोले’, एक जुनियर प्रहरी अधिकृतले भने, ‘माथिको आदेश मान्नैप¥यो हजुर । कतिदिन सम्म यो एनसेलको टावरलाई सुरक्षा दिनुपर्ने हो थाहा छैन ।’ विप्लवका नेता कार्यकर्ताले एनसेलका टावरलाई निशानामा राखिराखेका छन् । बिहीबार राति थाहा नगरपालिकामा रहेको दुईवटा र ईन्द्रसरोवर गाउँपालिकाको एउटा टावरमा आक्रमण गरेको थियो । थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
 मकवानपुरमा एनसेलको ५७ वटा टावर रहेको छ । सबै टावरको मकवानपुर प्रहरीले रेखदेख गरिरहेको छ । प्राय टावरमा पुगेर राति गस्ती समेत गरिरहेको छ । एनसेलको करको बिषयका कारण राज्यले आफूहरुमाथि प्रतिबन्द लगाएको विप्लवका नेता कार्यकर्ताको बुझाई रहेको छ ।