Sunday, 21st June, 2026
वि.स.

एक महिनाभित्र बागमतीमा सबै अस्पतालमा अक्सिजन प्लान्टको टेण्डर पनि खुल्यो !

DM-Paudel-1621909914.jpg

बागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि टेण्डर आह्वान भएको छ । एक साताको समय दिएर सामाजिक विकास मन्त्रालयले टेण्डर आह्वान गरेकाले तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले बताएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुर जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रे जिल्ला अस्पताल र सिन्धुपाल्चोक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको बताए ।

एक साताभित्र टेण्डर खोलेर तत्कालै अक्सिजन प्लान्ट निर्माणको काम शुरु हुने प्रदेश सरकारले जनाएको छ । एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान हुने सुनिस्चित भएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०