nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उपमेयर गोपाली आफै ट्रिपर लिएर सडक मर्मतमा निस्केपछि

upamayor-aafai-sadak-ma-1505465414.jpg

सडकमा खाल्डाखुल्डी परेर जोखिम भएको भन्दै एमालेका नेताहरुले ज्ञापनपत्र बुझाए लगत्तै नगरपालिकाले उक्त समस्या समाधानका लागि तदारुकता देखाएको छ । नगरपालिकाले आफैसँग भएको एक्साभेटर, ट्रिपर र 
औजारहरुको प्रयोग गरी हाल देखिएको सडक समस्या समाधानका लागि कार्य शुरु गरेको छ । सो कार्यका लागि छुट्टै चालक नै नियुक्त गरेर काम शुरु गरिएको नगरपालिका श्रोतले बताएको छ । 
    बिहीबार थाहा–२ स्थित इन्द्रायणी मोटरबाटो सुधारका लागि उपमेयर खड्ग गोपाली आफै ट्रिपर लिएर पुगेका थिए । पुलचोकको त्रिभुवन राजपथ छेउबाटै काम शुरु गरिएको उनले बताए ।  
    उपमेयर गोपालीका अनुसार वडाहरुबाट आएको मागको आधारमा नगरपालिकाको मेशिन  र ट्रिपरहरुको प्रयोग गरिनेछ । हाललाई वडाहरुका मुख्य सडक र धेरै मानिसहरुलाई प्रभाव पार्ने सडकमा देखिएको समस्या समाधान गर्नेगरी काम शुरु भएको उनले बताए । मुख्यतः अहिले खाल्डाखुल्डी पुर्ने र सडक सम्याउने काम भएको छ ।
    ज्ञापन पत्र बुझाएपछि पनि आफूहरुले लगातार ‘फलोअप’ गरेको र समस्या समाधानको विषयमा नगरपालिकाले विशेष चासो देखाएको एमाले नगरकमिटीका निवर्तमान अध्यक्ष अच्युतमप्रसाद ढकालले बताए ।  
 



upamayor-aafai-sadak-ma-1505465417.jpg